पुस्तक व्यवसायी महासंघमा सुवेदी

बाँके : पुस्तक व्यवसायी महासंघ बाँकेको अध्यक्षमा शालिकराम सुवेदी सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न भएको १२ औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशन पछि भएको बन्द सत्रमा निर्वतमान बरिष्ठ उपाध्यक्ष सुवेदीको नाममा सर्बसम्मती भएको हो । यस्तै अन्य पदमा बरिष्ठ उपाध्यक्षमा निर्वतमान द्धितिय उपाध्यक्ष मन्दिरा पाण्डे, निवर्तमान सचिव सागर ज्ञवाली द्धितिय उपाध्यक्षमा, सचिवमा प्रदीप सापकोटा, कोषाध्यक्षमा मिना डाँगी, सह—सचिव मनबहादुर केसी सर्बसम्मत भएका छन् । यसैगरि कार्यसमिति सदस्यमा पनि सर्बसम्मती भएको छ । सदस्यमा श्रीमन पौडेल, मोहन बहादुर चन्द, ज्ञानेन्द्र श्रेष्ठ, सबिन लुईटेल, देबीरमण कंडेल, , मनोहर रेग्मी, टिकाराम खत्री, कृष्ण थापा, अर्जुन प्रसाद सुबेदी, सुरतसिंह ठकुरी, मोती प्रसाद सुबेदी, प्रकाश श्रेष्ठ, निर्मला हमाल चयन भएका छन् ।
बन्द सत्र अघि भब्यरुपमा उद्घाटन सत्र सन्चालन भएको थियो । केन्द्रीय अध्यक्ष हरिकृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका अध्यक्षता बुद्धि प्रसाद अधिकारीले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, मंसिर २, २०७५     4:56:04 AM