जाडोको कपडा तयार

बाँके : न्यू लुम्बिनी गार्मेन्ट उद्योग, घरबारीटोल नेपालगन्जले जाडोको मौसमलाई लक्षित गरी कपडा उत्पादन गर्न सुरु गरेको छ । जाडोको मौसम नजिकिएकाले अत्याधुनिक मेशिनबाट कपडा उत्पादन सुरु गरिएको सन्चालक कश्मिरा खातुनले बताईन । न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा हालै मात्रै कच्चा पदार्थ उत्पादन गर्ने अत्याधुनिक सर्कुलर, पाउरफ्लाईट मेशिन ल्याईएको छ । अहिले यो मेशिनले आफै कच्चा पदार्थ उत्पादन गर्छ । सन्चालक खातुनले यसपालीको चिसो मौसममा आर्कषक डिजाईनका कपडा तयार गरिने बताईन ।

प्रकाशित मितिः आइतवार, मंसिर २, २०७५     9:59:17 AM