पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्धारा सहयोग

बाँके : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमा शर्माको एमबिबिएस अध्ययनका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाले २१ हजार सहयोग गरेको छ । प्रतिमा शर्मा सहयोगका समितिका संयोजक समेत रहेका खजुरा ४ का वडा अध्यक्ष तिलकविर सुनारको उपस्थितीमा सोमबार संघका ननिर्वाचित अध्यक्ष शालिक सुवेदी, निर्वतमान अध्यक्ष बुद्धिप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष मन्दिरा पाण्डे, द्धितिय उपाध्यक्ष सालिक सुबेदी, कोषाध्यक्ष मिना डाँगी, सह—सचिव मन बहादुर केसी, सदस्य मनोहर रेग्मी, निर्वतमान सल्लाहकार ऋषीराम सापकोटा, व्यवसायी असरफ खाँ लगायतको सहभागिता थियो ।
नवनिर्वाचित कार्यसमितिबाट संकलन भएको १६ हजार र व्यवसायी असरफ खानले रु ५ हजार प्रदान गरे । सोमबार चाँद ईट्टा भट्टा मुनिजरपुरवाका संचालक जयनुल खाँले २५ हजार दिए । यसैगरी खजुरा ४ ईगाउँका केशर बिसीले एक हजार १० रुपिया सहयोग गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट एमबिबिएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पुर्ण छात्रबृत्ति भएपछि भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी करिब १५ लाख रुपिया खर्च हुने अनुमान गरिएको छ । कमजोर आर्थिक अवस्था भएका कारण शर्मालाई पढाईलाई पूर्णता दिन सहयोग संकलन गरिएको हो । प्रतिमा निवासमा रकम हस्तान्तरण गरिदा अभियानकर्मी रत्न खत्री, किरण ढकाल, सन्तोष श्रेष्ठ,वडा सदस्य बलबहादुर कठायत, ज्ञानोदय नमूना माविका प्रह ऋषिराम सापकोटा लगायत उपस्थित थिए । सहयोगका लागि एनआईसी एशिया बैंकमा वडा अध्यक्ष सुनार र प्रतिमाको आमा सितादेवी शर्माको नाममा रहेको खाता नम्बर बि १८७०००४५८९५२४०१ मा रकम जम्मा गर्न सकिने वडा अध्यक्ष सुनारले बताए ।

प्रकाशित मितिः सोमवार, मंसिर ३, २०७५     11:59:25 AM