मोहमद डेमा विद्यालयले स्वस्फुर्तरुपमा बिदा गर्न सक्ने

बाँके : बुधवार परेको मोहमद डेको अवसरमा नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयले स्वस्फुर्तरुपमा आवश्यकता अनुसार बिदा दिन सक्ने भएका छन् । बिदाका सम्बन्धमा सरकारी निकाय समेत अन्यौल देखिएको पाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मंगलबार सूचना जारी गरी विद्यालयले आवश्यकताका आधारमा बिदा दिन सक्ने जनाएको छ ।
शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीद्धारा जारी सुचनामा ‘वार्षिक ४५ दिन विदाबाट कट्टी हुने गरी विद्यालयले नै स्थानिय विदामा नबढ्ने गरी आवश्यक भएका र मुस्लिम समुदायमा बिदा दिन सकिने भएकोले सोही अनुसार गर्न गराउनु हुन सम्बन्धित सबैमा सुचित गरिन्छ’ भन्ने उल्लेख छ । पत्रमा मोहमद् डेमा सार्वजनिक बिदा भने नभएको उल्लेख छ । नेपालगन्जमा मुस्लिम समुदायको धेरै बाहुल्यता भएकाले बिद्यालयले आवश्यकताका आधारमा बुधवार बिदा दिन सक्ने देखिएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ४, २०७५     3:09:57 PM