बाँकेमा वर्षभर भएका दुर्घटनामा २३ जनाको मृत्यु, सम्झनामा दिप प्रज्ववलन

बाँके : बाँकेको नेपालगन्जमा पनि सडकमा ज्यान गुमाएका ब्यक्तिहरुको सम्झनामा विश्व स्मरण दिवस दीप प्रज्ववलन गरि मनाइएको
छ । ११ नोभेम्बरमा मनाईने यो दिवस हप्ता भरि विभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ ।
विश्व स्मरण दिवसको अवशरमा सूचना र मानव अधिकार अनुुसन्धान
केन्द्र, नेपाल युवा परिषद, बाँके, मानव र वातावरण र बाँकेका विभिन्न सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा विपी चौकमा दीप प्रज्जवलन कार्यक्रम आयोजना गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले
बताए । बाँके जिल्लामा यो आर्थिक वर्षमा २३ जनाको दुर्घटनामा परि ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ,नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।
सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले सडक दुर्घटनामा परि ज्यान गुमाएको ब्यक्तिहरुको संम्झनामा दीप प्रज्ववलन गर्दै सडक दुर्घटनाबाट बच्नको लागि सदैव ट्राफिक नियमको पालना गर्नु पर्नेमा जोड दिए । सो कार्यक्रममा सम्पूर्ण अधिकारकर्मी, सन्चारकर्मी, कानुन ब्यवसायी, बुुद्धिजिबी, नागरिक समाज, ब्यापारी, शिक्षक तथा विद्यार्थीको सहभागीता रहेको नेपाल युवा परिषद, बाँकेका अध्यक्ष सोम गुरुङले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ४, २०७५     8:51:27 PM