पत्रकारलाई सम्मान

बाँके : कलाकार लोकनाथ बर्मा स्मृति पुरस्कारबाट नेपालगन्जमा २ जना पुरस्कृत भएका छन् । नेपाल चलचित्र पत्रकार संघले बुधबार नेपालगन्जमा गरेको सम्मान कार्यक्रममा बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य र बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी पुरस्कृत भएका हुन ।
हरेक बर्ष प्रदान गरिने पुरस्कारको राशी जनही ५ हजार १ सय रुपैयाँ रहेको छ । नेपालगन्जमा जन्मिएर मोफसलको कलाकारिता विकासमा योगदान पुर्याएको भन्दै कर्माचार्य र ठकुरीलाई पुरस्कृत गरिएको संघका अध्यक्ष गणेश विकले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण समारोहमा बोल्ने बक्ताहरुले कलाकार बर्माले कलाकारितामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५     7:57:38 PM