पारिश्रमिक दिन दबाब

 विजनेश संवाददाता

नेपालगन्ज २७ कात्र्तिक ःयोग्यता, दक्षता र क्षमताको हिसावले पारिश्रमिक निर्धारण गर्न आवश्यक रहेको बाँकेका पत्रकारहरुले माग गरेका छन् ।  न्युनतम पारिश्रमिक निर्धारण समिति संचार सूचना तथा प्रविधि मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन कार्यन्वयनको अवस्था चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बाँकेका पत्रकारहरुले यस्तो माग गरेका हुन । पत्रकारहरुले श्रम गरेको पारिश्रमिक मिडिया हाउसले बारम्बार नदिएको घटना दोहरिदा पनि कार्यन्वयन हुन नसकेको भन्दै पारिश्रमका बारेमा गम्भीर भएर लाग्न जरुरी रहेको उनिहरुले बताएका थिए । पत्रकारहरुको दक्षता क्षमता हेरेर पारिश्रमीक निर्धारण गर्नु पर्ने उनिहरुको भनाई थियो । काठमाण्डौं भ्यालीमा मात्रा न्युनतम पारिश्रमिक निर्धारण भएको अन्य जिल्लामा अझै उस्तै रहेको बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । मिडियाको दिगो विकासका लागि मिडिया हाउस नै जिम्मेवार हुन पर्ने र पत्रकारलाई पारिश्रमिक पनि उपलव्ध मिडिया कै जिम्मेवार भुमिका रहेको नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव भेषराज बस्नेतले जानकारी गराउनुभयो । मिडियालाई कसरी संचालन गर्ने संचालक समितिको जिम्मेवार भएको हुनाले यसमा राज्यको कुनै पनि भुमिका हुन जरुरी नरहेको र हुन नसक्ने उहाँले भन्नुभयो । स्थानिय विज्ञापन स्थानिय पत्र पत्रिका, रेडियो र टेलिभिजनलाई दिए मात्र मिडिया हाउस राम्ररी संचालन गर्न सकिने पत्रकारहरुको जोड थियो । नेपाल सरकारले श्रमजीवि पत्रकारहरुका लागि राष्ट्रिय मिडियाका श्रमजिवी पत्रकारहरुका लागि न्युनतम मासिक पारिश्रमिक २४ हजार ३ सय ७५, राष्ट्रिय मिडियाका श्रमजिवी कामदार कर्मचारीका लागि न्युनतम मासिक पारिश्रमिक १८ हजार, अन्य संचार प्रतिष्ठानका श्रमजिवी पत्रकारहरुका लागि न्युनतम मासिक पारिश्रमिक १७ हजार ६ सय २५ र आम संचार प्रतिष्ठानका श्रमजिवी कामदार÷कर्मचारीहरुका लागि न्युनतम मासिक पारिश्रमिक १५ हजार ६ सय २५ तोकिएको न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगा तुलाधरले जानकारी गराउनुभयो ।
नेपाल सरकारले श्रमजीवि पत्रकार सम्बन्धि ऐन २०५१ को दफा ११ बमोजिम गठित न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम संचार प्रतिष्ठानहरुमा २०७५ कात्र्तिक १ गते देखि लागु हुने गरि संचार प्रतिष्ठानहरुमा कार्यरत श्रमजिवी पत्रकार, कामदार र कर्मचारीहरुको न्युनतम पारिश्रमिकमा २५ प्रतिशत बृद्धि गरिएको छ । श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन कार्यन्वयनको अवस्था चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मधु शाही, न्युनतम पारिश्रमिक निर्धारण समिति पुर्व अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव भेषराज बस्नेत, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरे लगायतले बोल्नु भएको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष प्रदिप वाग्लेले गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव तिलक गाउँलेले गर्नुभएको थियो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     8:06:07 AM