मेला हेरर फर्किएको स्कुल बस दुर्घटना हुँदा १६ बढिको निधन

६ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरे । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
अनलाईनखबरबाट

प्रकाशित मितिः बिहिबार, मंसिर ६, २०७५     10:02:05 PM