नेपालगन्ज उपमहानगरपालिका : दर्तावाल लेखापरिक्षकको नाम सिफारिस गर्न बिद्यालयलाई निर्देशन

बाँके : नेपालगन्ज उपमहानगरपालिका अन्र्तगतको शिक्षा शाखाले उपमहानगरपालिका भित्रका सामुदायिक र मदरसा बिद्यालयलाई लेखापरिक्षक सिफारिस गर्न निर्देशन दिएको छ । विद्यालयको लेखापरिक्षणलाई व्यवस्थित गर्नका लागि लेखापरिक्षकको व्यवस्था गरिदै आएको छ ।
शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले सार्वजनिक सूचना जारी गरी बिद्यालयलाई लेखापरिक्षकको नाम सिफारिस गरी पठाउँन निर्देशन दिएका हुन । उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र मदरसाले दर्तावाल लेखापरिक्षकहरु मध्येबाट बिद्यालय व्यवस्थापन समितिको निर्णय गराई तीन जनाको नाम सिफारिस गर्न भनिएको छ । बिद्यालयले १५ दिनभित्र लेखापरिक्षको नाम सिफारिस गरिसक्नुपर्ने छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ७, २०७५     8:14:58 AM