गुरु नानकको जन्मजयन्तीमा मुख्यमन्त्री पोख्रेलको शुभकामना

बाँके : गुरु नानकको ५५० औं जन्म जयन्तीको अवसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले स्वदेश तथा विदेशमा बसोबास गर्ने शिख धर्मावलम्बीलाई सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्रीको शुभकामना सन्देशमा नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक भएको र धार्मिक र सांस्कृतिक विविधताले रंगिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उल्लेख छ । संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसर दिएको भन्दै मुख्यमन्त्रीले धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीको शुभकामना सन्संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको छ । यतिखेर मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको व्यवहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जानेछन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ७, २०७५     8:41:17 AM