तीस जनाबाट सुरु भएको भेरी सहकारीमा ३८ सय सदस्य, दुई ठाउँमा आफ्नै भवन

बाँके : २०५२ सालमा ३० जनाले सुरु गरेको भेरी सहकारी बित्तिय संस्था लिमिटेड, नेपालगन्जमा आज ३८ सय शेयर सदस्य छन् । संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाईले २०५२ सालमा ३० जनाले प्रती ब्यक्ती रु.१ हजार जम्मा गरि तीस हजारबाट सहकारी थालनी गरिएको थियो ।
संस्थाले नेपालगन्ज र कोहलपुरमा आफ्नै भवन खडा गरि आफ्नै भवनबाट ३८०० सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी २ करोड छ भने निक्षेप २४ करोड रहेको छ । २७ करोड कर्जा प्रवाह भएको छ । त्यस्तै कोष रकम ५ करोड रहेको सहायक व्यवस्थापक शोभा गुरुङ्गले जानकारी दिईन । शुक्रबार कोहलपुर सहकारीले आफ्नै भवनको उद्घाटन  गरे । भेरी सहकारी बित्तिय संस्था लिमिटेडका अध्यक्ष वसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशको भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यमा कोहलपुर सेवा केन्द्र भवनको समुदघाटन कार्यक्रम सम्पन्न भयो ।
मन्त्री पौडेलले संस्थाको परिचय र काम संस्थामा आबद्ध सदस्यहरुको परिचयले भएको बताईन । हरेक छेत्रमा उत्तिकै मान, सम्मान , ईमान्दारिता र संस्थाप्रतिको दायित्व बोध गर्ने संस्थाका सदस्यहरुको प्रतिफल नै सहकारी भएको उनले बताईन। उनले भेरी सहकारी संस्थाबाट सबै सहकारीहरुले शिक्षा लिनुपर्ने बताईन ।
उक्त अवसरमा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत, कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी , कोहलपुर उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा वडा अध्यक्ष कर्ण बहादुर थापा , जिल्ला सहकारी संघ बाकेका अध्यक्ष प्रेम सुवेदी लगायतका अतिथिहरुले संस्थाले गरेको प्रगतिको खुलेर प्रशंसा गर्दै कोहलपुर सेवा केन्द्र खोलेर अझ जिम्मेवारी लिएको , यसलाई अझ पुरै आधुनिक प्रबिधी तर्फ ढाल्दै यश संस्थाले बाके जिल्लामा खुलेको सहकारिहरुको प्रतिनिधित्व गर्दै आर्थिक शुसासनको पाठ सिकाउनु पर्ने भन्दै कोहलपुरबाट आ ( आफ्नो संगठन र ब्यतिगत तर्फबाट सदा सहयोग रहनेछ भन्ने बचनबद्द्ता पनि ब्यक्त गरे । संचालक सदस्य ज्ञान् बहादुर ओलिले संचालन गरेको कार्यक्रममा संस्था निर्देशक शुशिला शर्मा परिचय र स्वागत मन्त्ब्य वसन्त हमालले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ७, २०७५     6:17:20 PM