नेपालगन्जका ती दिन…..

            नारायाण प्रशाद ज्ञवाली

 

  • आज भन्दा धेरै पछाडी फर्किनु पर्दैन । तीस, पैतिस वर्ष अगाडीको कुरा गरौं यो शहर रमाइलो र घमाइलो थियो । शहरको स्वरुप यसरी फैलिएको थिएन । रत्नराजमार्ग बन्ने तर्रखरमा ( हात्तीसार, चिसापानी सम्म कच्ची सडक) पूर्व पश्चिम राजमार्ग बुटवलबाट चन्द्रौटासम्म थियो । त्यहांबाट कृष्णनगर हु“दै नेपालगन्ज आउनु पथ्र्यो । यत्तिसम्म मात्र यातायातको सुविधा थियो । छिमेकी भारतमा जता ततै यातायातको सुविधा पुग्दा हाम्रो देशमा भने सीमित ठाउ“मा मात्र यो सुविधा थियो । धनगढी, महेन्द्रनगर जानुप¥यो भने भारतको रुपैडिया, नानपारा हु“दै रेल वा बस सेवा लिई गन्त्ब्य तर्फ लाग्नुपथ्र्यो । पहाडी जिल्लाहरुमा सक्नेका लागि प्लेन सुविधा थियो । नसक्नेका लागि पैदल यात्रा बाध्यता छदै थियो । प्लेनको टिकट लिन पनि सास्ती
    थियो ।

बाँके : नेपालगन्जको बिगतलाई फर्केर हेर्दा, अब आउने केही वर्षमै नेपालगन्ज शहर नेपालगन्जको छेउछाउ हु“दै कोहलपुरसम्म आफ्नो आकार फैलाएर व्यापारिक, व्यवसाय गर्ने देशैक ठुला शहरहरुमा अगाडी आउनुका साथै यसले महानगरपालिकाको आकार लिनेछ । अहिलेका बाटाघाटा, सा“घुरा भएर आकांशे पुल बन्ने तर्रखरमा हुने छन् । अहिले हामीले जे जति विकास गरिरहेका छौं ती सबै अल्पकालिन भए । दिर्घकालका लागि विकास गरेनौं । अहिले गरेका विकास निर्माणका कार्यहरु केही समयपछि साघुरा बन्ने निश्चत छन् । अनि नया“ पुस्ताले भन्ने छन् ,—कति सा“घुरा बाटाहरु ? कति दिमाग लगाउन नसकेका हाम्रा बा ? घर अलि पछाडी बनाएको भए पनि हुन्थ्यो नी ? भनेर आफ्ना साथीभाई माझ बिहानको चियाको चुस्कीमा महानगरले फेरी बाटो फराकिलो बनाउने अभियानको सन्र्दभमा कुराकानी गर्ने छन् ।

आज भन्दा धेरै पछाडी फर्किनु पर्दैन । तीस, पैतिस वर्ष अगाडीको कुरा गरौं यो शहर रमाइलो र घमाइलो थियो । शहरको स्वरुप यसरी फैलिएको थिएन । रत्नराजमार्ग बन्ने तर्रखरमा ( हात्तीसार, चिसापानी सम्म कच्ची सडक) पूर्व पश्चिम राजमार्ग बुटवलबाट चन्द्रौटासम्म थियो । त्यहांबाट कृष्णनगर हु“दै नेपालगन्ज आउनु पथ्र्यो । यत्तिसम्म मात्र यातायातको सुविधा थियो । छिमेकी भारतमा जता ततै यातायातको सुविधा पुग्दा हाम्रो देशमा भने सीमित ठाउ“मा मात्र यो सुविधा थियो । धनगढी, महेन्द्रनगर जानुप¥यो भने भारतको रुपैडिया, नानपारा हु“दै रेल वा बस सेवा लिई गन्त्ब्य तर्फ लाग्नुपथ्र्यो । पहाडी जिल्लाहरुमा सक्नेका लागि प्लेन सुविधा थियो । नसक्नेका लागि पैदल यात्रा बाध्यता छदै थियो । प्लेनको टिकट लिन पनि सास्ती थियो । हप्तौ लाईन बसेर पनि टिकट पाउन मुस्किल थियो । ‘सोर्स’‘फोर्स’ लगाएर टिकट लिनेहरुको कमी थिएन । तर टिकट ‘ठुला’‘बडा’हरुको पहु“चमा मात्र थियो । छिमेकी जिल्ला बर्दिया पुग्न पनि रुपैडिया र नानपारा, मुर्तिया नाका प्रयोग नगरी साध्य थिएन । यस्तो कुरा सुन्दा नया“ पुस्ताले अनौठो मान्न सक्छन् । यातायात, बाटाघाटाका समस्या कति थिए कति । पहाडतिरबाट हाट गर्नेहरुको समूहको लर्को खुब देखिन्थ्यो नेपालगन्जमा । बजार व्यवसाय त्रिवेणीमोडबाट दक्षिणतिर ‘गुल्जार’ थियो । त्रिभुवनचोक, सदरलाईन, एकलैनी बजारका पसलहरुमा हाट गर्न आएका समूहहरु हुलका हुल देखिन्थे । हाट गर्न आउनेहरुलाई साहु महाजनहरुले सम्मानका साथ बस्ने व्यवस्था मजासंग गरिदिन्थे । छत वा टहरो भए पनि उनीहरुलाई पुर्ण हुन्थ्यो । किन भने खान पकाउने, सुत्ने, ओड्ने कपडा आफैसंग लिएर आएका हुन्थे । एकलैनी बजारको भिडभाड अद्भुद हन्थ्यो । दश÷पन्ध दिन हाट गरेर पहाडतिर फर्किनेको दृश्य लोभ लाग्दो देखिन्थ्यो । आम मानिसका लागि पहुंचको साधान एक्का टांगा, रिक्सा थिए । मोटरसाईकल, गाडी गुडाउनेहरु कम मात्र थिए । बैंकहरु दुई÷तीनवटा मात्र थिए । नेपालगन्ज शहर पुरानो शहर मध्ये पर्छ । शहरमा पुस्तक पसलको स्थिती दुई÷तीनवटा मात्र थिए । बिद्या कुटिर सन्चालन गर्नुभएका स्वं गोपाल प्रशाद रेग्मी, बिद्वान पण्डित हुनुहुन्थ्यो । उहा“ले सन्चालन गर्नुभएको बिद्या कुटिर धेरै समय भयो बन्द भइसकेको छ । स्व. गयाप्रसाद लखेरले सन्चालन गर्नुभएको पेशा उनका सन्तानहरुले निरन्तरता दिएका छन् । स्व. देवीप्रसाद गुप्ताले सञ्चालन गर्नुभएको विद्यार्थी सेवा सदन उनका उत्तराधिकारीले चलाएका छन् । नेपालगन्जमा नेपाली पत्रपत्रिको बिक्री बितरण गर्ने काम स्व कवि, साहित्यकार, पत्रकार लेखनाथ ज्ञवालीले गर्नुभएको थियो । उहा“ सुरु गर्नुभएको भेरी न्यूज सेन्टर धेरै स्मृतीमा छ । नेपाली पत्रिका नपाएपछि हिन्दी पत्रिका पढ्नु अनिवार्य रहेको अवस्थामा पहिलो पटक यहा“ ज्ञवालीले नेपाली पत्रिका भित्रा्उने काम गर्नुभएको थियो । जब नेपाली साप्ताहिक पत्रिकाहरु नेपालगन्ज भित्रिन थाले पत्रिका पसलमा पाठकको घुईचो हुन थाल्यो ।

पंचायनकाल थियो, बहुदलिय प्रजातन्त्रमा बिश्वास राख्ने पत्रिकाहरुले पाठकको मन मजैले जितेका थिए । मैले जान्दा साप्ताहिक पत्रिकामा मातृभुमी, समिक्षा, राष्ट्रपुकार, बिमर्श, देशान्तर, दृष्टि राम्रो बिक्री हुने पत्रिका थिए । अहिले जस्तो समाचार, सम्प्रशेन गर्न सजिलो थिएन । राजा र पंचायतका बिरुद्धमा लेख्नेलाई असाध्यै अफ्ठयारो थियो तर राज्यका अरु निकाय, विकास निर्माणका कुरा, भ्रष्टाचारका कुराहरु पत्रिकामा उठ्यो भने महत्वका साथ ‘रेस्पोन्स’ गर्ने गरिन्थ्यो । जुन अहिले त्यो बेलाको भन्दा धेरे गुणा महत्वहिन बनाइएको छ । जबकी उतिबेला पत्रपत्रिकामा आउने बिश्वसनियता असाध्यै राम्रो थियो । म आफैले पनि पंचायतकालदेखि बहुदलिय व्यवस्था आएपछि समय सम्म पनि पुस्तक पसल, पत्रकारिता संगसंगै गरे । माक्र्सबादी पुस्तक राखे बापत दुई÷चार चोटी प्रशासनमा बोलाएको घटना स्मृतिमा छन् । अहिले धेरै ठुला पत्रिका आइसकेका छन् र साप्ताहिक पत्रिका साघुरिएका छन् । लेखे बापत ब्यक्ती लाग्न सक्छ तर राज्य लाग्ने अवस्था छैन । समाचार सम्प्रेशनमा पहिलो हुने अभ्यास अधिक छ । इलेक्ट्रोनिक मिडियाको विकास त कति हो कति । यस्तै अरु क्षेत्र कृषि, बाटो, स्वास्थ्य, शिक्षा जस्ता कुराहरु मा विकासको फड्को मार्ने हो भने देशले काचुली फेर्ने निश्चित छ ।

राजनीतिक परिवर्तनका लागि नेपाली पत्रपत्रिकाहरुले ठुलो दुःख, कष्ट झेलेको ईतिहास छ । त्यसबेला टेलिभिजन पनि सिमित घरमा मात्र थिए । टिभीमा सबैको पहुंच थिएन, भिडियोमा नयां फिल्म हेर्न शहरका गल्ली, गल्लीमा फिल्म हेर्नेको भिडभाड हुन्थ्यो, त्यो पैसा तिरेर । एक मात्र फिल्म हलमा गल्लीमा देखाउने नया“ फिल्म भन्दा पुराना फिल्म धेरै चल्थे ।

हाल रहेको औद्योगिक क्षेत्र बजार भन्दा अलिपर थियो, सुर्खेतरोड सांझतिर अलि जस्तो लाग्थ्यो । अहिले उद्योग प्रतिष्ठान बढिरहेका छन् । तर उद्योग प्रतिष्ठान भएका ठाउ“ भन्दा पर कति दुरिमा मानववस्ती हुनुपर्छ, स्वास्थ्य केन्द्र कत्ति पर हुनुपर्छ भन्ने कुरा सरकारी निकायलाई जानकारी हुनुपर्छ । तर त्यस्तो छैन ।

त्यसबेला घरबारीटोल तिर त्यति बजार व्यवसाया फस्टाएको थिएन । होटल र लजहरु भने थिए । यि होटलमा मुग्लानबाट आउने र मुग्लान जानेहरु भन्दा हाट गर्न आउनेहरुको भिडभाड हुन्थ्यो । धम्बोझी चोकदेखि पुष्पलालचाकसम्मको बाटो पनि थोरै घरहरु निर्माण थिए । काठको पुल बनाएर ती काठे घरहरुमा पुलको माध्यमबाट टहरामा जान्थे । ती टहराबाट सांझपख कोही देबतुल्य भएर निस्किन्थे भने कोही रौद्ररुप बनेर निस्क्न्थिे । ती दृश्यहरु हेर्न लायक हुन्थे । जब र्खर भर्खर चन्द्रौटादेखि कच्ची खोल्सा खोल्सी पार गर्दै राप्ती नदिसम्म वस खट् उभिन्थ्यो र एउटा यात्रा पुरा गथ्र्यो र अर्को यात्रा जोखिम पूर्ण डुगांको सहारा लिई राप्ती नदीपार गर्दै अर्को बस समाएर फेरी खाल्टाखुल्टी धुलाम्मे हुदै दुई दिन लगाएर नेपालगन्ज भित्र आई पुग्थ्यो । बसहरु धम्बोझी चोकदेखि पुष्पलालचोक सम्म यत्रतत्र बाटाका किनार किनार बसेका हुन्थ्ये । पछि मदन श्रेष्ठको पहलमा बस्ने ठाउ हालको बसपार्क भएको ठाउ“ बनेको हो ।

परिवर्तन भएको स्वरुप, बससेवा कच्ची सडक हुदै नेपालगन्ज भित्रिन थालेपछि ह्वात्तै मार्केट धम्बोझीतीर बढ्न थाल्यो । अनि बाटाघाटाले व्यवसयालाई माथि उकास्न थाल्यो । अनि नेपालगन्ज पनि व्यवसायका क्षेत्रमा फराकिलो तस्बिरमा देखिन थाल्यो । यता यातायातको दायरा पनि फराकिलो भइ नै रहेको अवस्थामा नेपालगन्जबाट पनि महेन्द्रनगरको यात्रा तय हुनथाल्यो । विकास निर्माणमा बाटोको भुमिकाको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । आज व्यवसाय परिवर्तन भइसकेको छ । ठुला उद्योग प्रतिष्ठान ठुला ठुला व्यवसाय खुल्न थालेका छन् । उच्च शिक्षाका लागि महेन्द्र बहुमुखी क्याम्पसको नाम प्रशिद्ध छदैछ थियो अरु कयौं कलेज यहां खुलिसकेका छन् । आज प्राईभेट कलेजको पहुंच आएका छन् । सरकारी मात्र नभई अन्य शैक्षिक संघसस्था डिग्रीस्तरमा संचालनमा छन् । जनसंख्या बृद्धि भएको भएयै छ । बाटाघाटा पनि बनेका छन् तर यत्ति भएर पुग्दैन ।

विकास नभएको होइन तर पर्याप्त छैन । यो समयमा कति विकास हुनुपर्ने हो ? त्यसको बहसको बिषय हुन सक्छ । तर खै यत्रो परिवर्तन हुंदा पनि शौच गर्न बाहिर जानैपर्ने ? नालाहरु सफा सुग्घुर नहुने , बर्षायाम शुरु हुने बित्तिकै शहर जलाम्मे हुनुपर्ने ? खै राज्यले आर्थिकरुपमा सबल बनाउने उद्योग धन्दालाई प्रोत्साहन गरेको ? खै शैक्षिक गुणस्तर पोखरा, बुटवल र काठमाण्डौं जत्रो गराउन सकेको ? यि सबै राज्यले व्यवस्थित गर्ने हो । राज्य चलाउने समूह फिरन्ते जस्तो भएपछि ६÷६ महिनामा फेरिने र नाच्ने गर्छ अनि कसरी विकास सम्भवत छ ? अब प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव भइसकेको अबस्था छ । अब के जनताले चाहे जस्तै विकास आउछ त ? हेर्न भने बांकी नै छ । इतिहासका खस्रा कुराहरुलाई सम्मान साथ नेपालगन्जका पुराना अग्रज बिद्ध्वानहरुलाई समेटेर इतिहासका कुरा उजाग र गर्न अनुरोध गर्दै म धेरै पछाडी नफर्किकन म ३०\३५ वर्षको कुरो मात्र गर्न चाहे । अब भगवान पशुपति नाथ, बागेशवरी मातासंग प्रर्थाना गर्दछौ । ६\६ महिनामा फेरिने कामले सबैलाई हैरान पा¥यो, जो ल्याएपनि एउटा पार्टीलाई दिने सुत्र भगवानले सम्बृद्धि प्रदान गरुन । ताकी यि सबैहरु र एउट पार्टीले सरकार बनाओस् ।

प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५     8:32:57 AM