यस्ता छन् रोकायका योजना

विजनेश संवाददाता
बा“के, कात्र्तिक ः
बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम योजना छनौट गरिएको छ । प्रत्यक्ष निर्वाचित सांसद नन्दलाल
रोकायको अध्यक्षतामा सोमबार बसेको बैठकले चारवटा पुर्वाधारका कार्यक्रम छनौट
गरेको छ ।
विगतमा सांसदहरुले आफुखुशी स–साना बजेटका कार्यक्रम छनौट गर्ने गरेकोमा बाँके क्षेत्र नम्बर ३ ले यसपटक चारवटा सडक कालोपत्रेका योजना छनौट गर्दै नमूनायोग्य निर्णय गरेको छ ।
चार करोड वजेटमा निर्वाचन क्षेत्रमा रहेका खजुरा, वैजनाथ र जानकी गाउँपालिकाले ६
करोड ८५ लाख रुपिया साझोदारी गरेपछि कार्यक्रमको कुल वजेट १० करोड ८५ लाख पुगेको जिल्ला विकास समिति बाँकेका अधिकृत मिनबहादुर मल्लले बताए । खजुरा गाउँपालिकाको डि गाउँदेखि ईगाउँ मनकामना आधारभुत विद्यालय जोड्ने सडक कालोपत्रे र सीतापुरको बाबास्थानदेखि के गाउँ सम्मको सडक कालोपत्रे, जानकी गाउँपालिकाको गनापुर चौकदेखि खजुरारोडसम्मको सडक कालोपत्रे तथा वैजनाथमा एचगाउदेखि स्याउली बजारसम्मको सडक कालोपत्रेको योजना छनौट गरिएको छ । सांसद रोकायले यसपटक आफुले विकासका नाममा कनिका छर्ने काम नगरिएको बताए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     8:16:38 AM