मन्त्री बर्खास्त

विजनेश संवाददाता
नेपालगन्ज ः सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनलाइनखबरलाई बताए ।

यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल गरेका थिए । सोडारीको बारेमा धेरै गुनासा आएकाले उनलाई हटाइएको स्रोतले जनाएको छ ।

तिहारको बेला सोडारीको झण्डावाला गाडीमा अरुनै व्यक्ति सवार रहेका बेला दुर्घटना भएको थियो ।

तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी पार्टी्भित्र घनश्याम भुसाल र योगेश भट्टराई निकटस्थ मानिन्छन् । प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पुर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     8:28:30 AM