आफ्नै सूचना

सानो पुँजी र कृषक स्वयंले उत्पादन गर्नुभएको कुनै पनि उत्पादन सामाग्रीहरुको बजार प्रर्बधनका लागि अनलाईन संचारमाध्यम उपयुक्त छ भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । हामी तपाईको उत्पादन सामाग्री बिज्ञापनकारुपमा निःशुल्क प्रकाशन गरिदिन्छौं । जस्तो :  तपाईसंग एउटै मात्र भएपनि खसी छ र त्यसको उपयुक्त मुल्य खोजिरहनुभएको छ भने त्यसको तस्बिर , तपाईको सम्पर्क, ठेगानाको बिबरण हामीलाई उपलब्ध गराउनुहोस् । त्यसलाई निःशुल्क बिज्ञापनका रुपमा प्रकाशन गरिदिन्छौं । खसी तपाईको, ग्राहक तपाईको, नाफा, घाटा तपाईको । हामी मात्र माध्यम । प्रविधिले दिएको सुविधा हामी कम्तिमा बाँके, बर्दिया, कर्णाली प्रदेशका कृषक र सानो पुँजी लगाएर उद्यम गरिरहनुभएकाहरुसंग पनि साटासाट गर्न चाहान्छौ । हामी नयाँ अभ्यास गर्न खोजिरहेका छौं । तपाईको साथ र सहयोगले सफलता मिल्ने आशा छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ११, २०७५     8:25:30 AM