सामाजिक सुरक्षा योजना : ‘अब प्रभावकारी कार्यान्वयनको अपेक्षा’

दिपेश आचार्य, अध्यक्ष. जिफन्ट नेपालगन्ज उपमहानगर युवा कमिटि

श्रमिकहरुका लागि आज ऐतिहासिक दिन हो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा हुनु स्वागत योग्य
छ । यसले सम्पूर्ण श्रमिक वर्गमा उत्साहको सञ्चार गरेको छ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा पालना गर्न \ गराउन सरोकारवाला सबै इमान्दारितापूर्वक लाग्न आवश्यक छ । एउटा राम्रो सुरुवातको प्रभावकारी कार्यान्वयन गर्न पनि त्यत्तिकै आवश्यक छ । सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको निवृत्ति भरण सुनिश्चित गरेको छ । यसले श्रमिकहरुलाई सामाजिक सुरक्षाको ग्यारेन्टी हुन जान्छ । श्रमिकले लामो समय काम गर्ने तर घर फर्किदा खाली फर्कनु पर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

सामाजिक सुरक्षा योजना सुरु भएको अवसरमा पारेर श्रमिक अगुवाहरुले मंगलबार साँझ नेपालगन्जमा दिपप्रज्वलन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्य्विधि’ २०७५ अनुसार अब सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना अनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा पालना गर्न \ गराउन सरोकारवाला सबै इमान्दारितापूर्वक लाग्न आवश्यक छ । एउटा राम्रो सुरुवातको प्रभावकारी कार्यान्वयन होस् ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ११, २०७५     7:01:45 PM