सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकबीच हुने तिक्तता अन्त्य गर्छ : श्रेष्ठ

बाँके : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले मंगलबारदेखि सुरु भएको सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकबीच उत्पन्न हुने तिक्तता अन्त्य गरि देशमा लगानीमैत्री वातावरणको सिर्जना हुने बताएका छन् । सामाजिक सुरक्षा योजनाले नै धेरै कुराको सुनिश्चितता गरिदिएकाले अब रोजगारदाता र श्रमिकबीच तिक्तता नहुने बिश्वास रहेको केन्द्रीय सदस्य श्रेष्ठले प्रतिक्रिया दिए ।

कृष्ण प्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

‘सामाजिक सुरक्षा योजनालाई अत्यन्त सकारात्मकरुपमा लिएका छौं । यसले देशमा लगानीमैत्री वातावरणको निर्माण गरेर सम्बृद्ध नेपाल निर्माणमा सघाउँछ ।’– सामाजिक सुरक्षा योजनाका बिषयमा नेपालगन्ज विजनेशसंगको कुराकानीमा बोल्दै श्रेष्ठले भने,‘ यो योजनाले स्वदेशमा रोजगारी समेत बढाउँछ ।’ श्रेष्ठले अहिलेसम्म स्वदेशमा रोजगारीको सुनिश्चितता नदेखेर बिदेश गएकाहरुले स्वदेशमै रोजगारी खोज्ने पनि बताए । उनले भने,–‘ अब सही तरिकाले कार्यान्वयन गर्नतर्फ केन्द्रित  होऔं ।’
नेपाली श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले नेपाली श्रमिकका सम्बन्धमा नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उल्लिखित उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था अनुरुप नेपालमा पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको हकहितका लागि मंगलबार सामाजिक सुरक्षा योजना सुरु गर्ने भएको हो ।  यस सामाजिक सुरक्षा योजनाको सुरुवात भएसँगै यस योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दीगो व्यवसायिक वातावरण, अशल श्रम सम्वन्धको निर्माण तथा आम श्रमिकको मर्यादित जीवनको लागि सर्वा्धिक महत्व राख्नेमा सरकार विश्वस्त रहेको जानकारी दिएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ११, २०७५     8:42:22 PM