‘शनिबार धम्बोझी जाऔं : रक्तदान गरौं’

बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा बृहद रक्तदान कार्यक्रम गरिने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि आउने शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर्न लागिएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन बाँकेका अध्यक्ष चिरञ्जीवी ओलीले बताएका छन् ।
सामाजिक उत्तरदायित्व सम्झेर आफुहरुले यस्तो काम गर्न लागिएको ओलीले जानकारी दिएका छन् । दुबै संगठनले आफ्ना सदस्यहरुलाई रक्तदानका लागि आउन आग्रह गरेका छन् । त्यस बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका बिभिन्न सामाजिक संघ, संस्था तथा अगुवाहरुलाई रक्तदानका लागि आह्वान गरिएको छ ।
उक्त रक्तदान कार्यक्रमलाई हालसम्मकै ठुलो बनाउन लागिएको छ । नेपालगन्ज्मा रेफरल अस्पतालहरु रहेकाले यहाँ अन्यत्रबाट आउने बिरामीको चापले संधै रगत अभाव भइरहन्छ । तर त्यस्तो अभाव टार्नका लागि रक्तदान अभियानहरु सन्चालन भइरहेका छन् ।

 

प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     8:00:50 PM