तीन वाणिज्य बैंकमा रोजगारीको अवसर

बाँके : तीन वटा वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी मागेका छन् । एनआईसी एशिया बैंक, मेगा बैंक र नेपाल बंगलादेश बैंकले विभिन्न पदका लागि कर्मचारी मागेका हुन् ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले ७ वटा पदको लागि २०० भन्दा धेरै कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकलाई मंसिर २६ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । बैंकले ५० जना शाखा प्रबन्धक माग गरेको छ । शाखा प्रबन्धकको लागि व्यवस्थापन संकायमा कम्तिमा स्नातक साथै स्नातकोत्तर गरिकोलाई प्राथमिकता दिने बैंकले जनाएको छ । बैंकको अफिसर तहमा रहेर कम्तिमा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । रिलेसनसिप म्यानेजरको लागि बैंकले १०० जना कर्मचारी माग गरेको छ । यसका लागि पनि कम्तिमा स्नातक गरेको हुनु पर्नेछ भने बरिष्ठ सहायक पदमा कम्तिमा पनि तीन वर्षको काम गरेको अनुभव हुनु पर्छ वा सुपरभाइजर वा सहायक पदमा ५ वर्षको कार्यानुभव भएकाले पनि आवदेन दिन सक्ने बैंकले जनाएको छ ।

सर्भिस म्यानेजर पदको लागि बैंकले ५० जना कर्मचारी माग गरेको छ। यसको लागि कम्तिमा स्नातक गरि सम्बन्धित पदमा रहेर कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ । १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्नेछन् । बैंकले इन्टर्नल अडिट डिपार्टमेन्टमा, अफिसर सर्भिस एक्सिलेन्स, इन्टेलिजेन्स पदकालागि केहि संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । २१ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्ने छन् ।डाटा साइन्टिस्ट तथा विजनेस इन्टेलिजेन्स पदका लागि केहि संख्यामा कर्मचारी माग गरिएको छ। यसका लागि कम्तिमा आइटीमा स्नातक गरेको हुनु पर्नेछ भने कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ । १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदका लागि आवेदन दिन सक्नेछन् ।

मेगा बैंक
मेगा बैंकले म्यानेजर पदका लागि ९ जना, अफिसर पदका लागि २७ जना, सहायक पदको लागि ८२ जना कर्मचारी माग गरेको छ । इच्छुक आवेदकले मंसिर २६ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले नयाँ सञ्चालन हुन लागेका ७ वटा शाखा कार्यलयको कर्मचारी माग गरेको छ। बैंकले नयाँ शाखा कार्यलयको लागि केहि ब्रान्च म्यानेजर, केहि ब्रान्च अप्रेसन इन्चार्ज र केहि जुनियर सहायक माग गरेको हो। इच्छुक आवेदकले मंसिर २७ गतेसम्ममा आवदेन दिन सक्ने छन् ।    बैंकिंग खबरबाट

प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     9:48:18 PM