निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा राना, बाँकेबाट को –को ?

दाङ्ग : प्रदेश नम्बर ५ को निर्माण व्यवसायी महासंघको अध्यक्षमा दाङमा बलिभद्र राना निर्बिरोध निर्बाचित भएका छन । बिहिवार देखी घोराहीमा जारी प्रथम साधारणसभा तथा अधिबेशनबाट राना शुक्रबार निर्विरोध अध्यक्षमा निर्बाचित भएका हुन ।
उनका प्रतिद्धन्द्धी बाँकेका सुरेश चन्दले उमेद्धारी फिर्ता लिएपछि राना अध्यक्षमा निर्बाचित भएका हुन । चन्दलाई बरिष्ठ उपाध्यक्ष बनाईने सहमती भएको छ । अधिबेसनले मन्जु भुसाल, नबिन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री( बाँके), नवराज श्रेष्ठ र रबिन्द्र लम्साल (बाँके )लाई आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ ।
त्यस्तै महिला उपाध्यक्षमा गंगा पोखरेल, महासचिवमा प्रकाश शाह ( बाँके) , उपमहासचिव (नीतिगत कार्यभार)मा टिकाबहादुर श्रेष्ठ, उपमहासचिव (आन्तरीक कार्यभार) पवनकुमार कुँवर, उपमहासचिव (प्रसासनीक) दिनेशकुमार हमाल, कोषाध्यक्षमा त्रिभुवनदत्त मिश्रा र सह कोषाध्यक्षमा प्रकाश बस्नेत निर्वाचित भएका छन । यसैगरी सदस्यहरुमा जविन कक्षपती, ढुण्डिराज पोख्रेल, भागवत गिरी, बिमलमान श्रेष्ठ, सन्तोष बि.एम., दिपक कुमार श्रेष्ठ, एसोसिएट् सदस्यमा बामदेव रेग्मी, महिला सदस्यमा नलिन गौतम भुसाल, बस्तुगत सदस्यमा अजय राना, मधेसी, मुस्लीम, मधेसी सदस्यमा रमेशकुमार मिश्रा र जनजाती सदस्यमा सुजन श्रेष्ठ निर्बिरोध निर्वा्चित भएका छन । नवनिर्बाचित कार्यसमितिका अध्यक्षलाई आजै पद तथा गोपनियताको सपथ गराईएको छ ।

प्रादेशिक अध्यक्षमा निर्वाचित भई सकेपछि रानाले १२ वटै प्रदेशका निर्माण व्यवसायीहरुको भावना अनुसार काम गर्ने र प्रदेश सरकारले बनाउने कानुन निर्माण व्यवसायी मैत्रि बनाउन पहल गर्नै प्रतिबद्धता व्यक्त गरेका थिए । राप्तीपोष्ट अनलाईनबाट

प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५     7:00:57 PM