कारागार सुधारमा जोड

विजनेश संवाददाता
बा“के, कात्र्तिक २७ ः प्रदेश नम्बर ५ का सभाषद सुरेन्द्र हमाल र मोहमद याकुव अन्सारीले नेपालगन्ज कारागारको अवस्था सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवाला निकायलाई सुधारका लागि पहल गरिदिन माग गरेका छन् ।
सभाषदद्धय हमाल र अन्सारीले मंगलबार नेपालगन्ज कारागारको निरिक्षण गरेका थिए । निरिक्षणको क्रममा सभाषदद्धयले काारगारको अवस्था बेहाल देखेका थिए । ‘क्षमता भन्दा बढि कैदी÷बन्दी पाईयो ।’—कारागार निरिक्षण पछि बोल्दै सभाषद हमालले भने,—‘निकै खाचाखच र कोचाकोच गरी अफ्ठयारो गरि बसेको देखियो ।’ प्रदेश सभाषदद्धयले महिला कैदी बन्दीको लागि छुट्ै भवनको आवश्यकता रहेको पनि बताए । त्यसका लागि क्षेत्र नम्बर ३ का सभाषद एवं शहरी विकास मन्त्री मोहमद ईस्तियाक रार्यले सहयोग गर्ने बचन दिएका छन् । यस्तै प्रदेशका गृहमन्त्री कुलप्रसाद केसी पनि कारागार सुधारका लागि सकारात्मक रहेको हमालले बताउ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     11:27:13 AM