महायज्ञ सुरु

सोम गुरुङ

नेपालगन्ज २७ कार्तिक : नन्कुराम होलीराम थोक कपडा पसल नेपालगन्जको आयोजनामा नेपालगन्जको जुनीयर क्याम्ब्रिज स्कुल प्रागणमा संगीतमयी श्रीमम् भागवत् कथा ज्ञान यज्ञ–महोत्सव आजबाट शुरु भएको छ । मंसिर ८ गतेसम्म सन्चालन रहने सो महोत्सवमा अन्तरराष्ट्रिय सन्त श्रीनवराज प्रपन्न जी महाराज९हरिद्धार वाले० ज्युको मुखार वृन्दबाट कथा वाचन हुने छ ।

सोही अवशरमा आज नेपालगन्जको महाकाली मन्दिरबाट कलस यात्रा शुुरु गरि महोत्सव स्थलमा पुुगी कलस यात्रा विर्सजन गरिएको
थियो । सो कलस यात्रामा भगवान कृष्ण र देवीको रुपमा बालबालिका सजिएका थिए । साथै श्रद्धालुहरुले कलसलाई रंगीबिरगी सजाएर परिक्रमा गरेका थिए । सो महोत्सवमा संगीतमयी कथा वाचन साथै योग अभ्यास गराईने आयोजकले बताएको छ । आयोजकको तर्फबाट
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका नन्दलाल वैश्यले योग साधना अभ्यास, प्राणायम र आसान गर्नाले शारिरीक, मानसिक तथा आध्यात्मिक रुपले स्वस्थ हुने हुदाँ नेपालगन्जका श्रद्धालुहरुलाई निमन्त्रणा समेत गर्नुभएको छ । साथै उहाँले आफनो आमा शौभाग्यवती वैश्यको ईच्छा र चाहाना अनुसार सो महोत्सव आयोजना गरिएको बताउनुभयो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     11:54:13 AM