अब उद्यमी बन्ने पालो महिलाको

शोभा गुरुङ्ग
नेपालको प्राचीन ईतिहास अध्ययन गर्ने हो भने त्यति बेला महिला र पुरुष विच केवल प्राकृतिक भिन्नता थियो । मातृसत्तामा आधारित त्यसबेलाको समाज उत्पादन कार्यमा दुवैको समान भुमिका रहेको थियो भने सामाजिक र सांस्कृतिक रुपमा कुनै विभिन्नता थिएन । उत्तर बैदिक काल वा कृषि युगमा आई पुग्दा समाजद्धारा महिला र पुरुषका लागि पृथक पृथक भूमिकाहरु निर्माण हुन थाले । उत्पादनमुलक कार्यमा पुरुषहरुको प्रमुख प्रभुत्व बढयो । महिलाहरु घर भित्रका पुर्न उत्पादनशिल कार्यमा संलग्न हुने मान्यता र अवस्थाको विकास भई समाज पूर्ण रुपमा पितृसत्तामा परिवर्तित हुन पुग्यो ।
पश्चिमा मुलुकमा समाज परिवर्तन र समानताका लागि विभिन्न पहलहरु हुदै आए । अमेरिकाको न्यूर्योकको कपडा मिलमा काम गर्ने महिलाहरु एउटै फेक्ट्रीमा समान काम गर्दा पनि पाउने असमान ज्यालादरको विरुद्धमा सन् १९०८ मा पहिलो पटक एक जुट भई सडकमा उत्रेको ईतिहास साक्षी छ । सन् १९५० पछि विकासका विभिन्न रणनितीहरुले विकाशोन्मुख देश र विश्व व्यवस्थामा पृष्ठ क्षेत्रमा रहेका देशहरुको विकास र परिवर्तनमा खासै प्रभाव पार्न सकेन । अल्पविकसित र असफल विकासको विभिन्न कारणहरु मध्ये विकास प्रक्रियामा महिलाहरु समेटिन नसकिनु पनि थियो । त्यसैले विकासका लैङ्गिक सवालहरु समावेश गर्ने सन्दर्भमा सन् १९७० को दशकमा विकासमा महिला ९ध्क्ष्म् ०, विकास र महिला ९ध्ब्म्० र लैङ्गिक विकास ९न्ब्म्० अवधारणाको विकास भयो । सन् १९८० को दशकमा विकास भएको न्ब्म् को अवधारणाको मुख्य लक्ष्य समतामा आधारित दिगो र सहभागी विकास प्रक्रिया संचालन गर्नु रहेको थियो ।

“ महिलाहरु बालक हुदा बाबुको, युवा हुदा श्रीमानको र बृद्ध हुदा छोराको अधिनमा रहनु पर्दछ । ” (मनुस्मृती)

यस्ता सामाजिक सोच नै महिला पछि पारिनुको प्रमुख कारण बनेको थियो । उनीहरु अझ पनि सामाजिक, धार्मिक, सांस्कृतिक, राजनितीक, न्यायिक, आर्थिक, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा आफ्नै घरपरिवार समाजबाट नै पछि पारिएका छन । समाजमा महिलालाई अझ पनि हेय र दयाको दृष्टिले हेरिन्छ । आधा आकाश बढि जनसंख्या (५१.५०%) ओगडेका महिलाहरुको जीवनस्तरमा सुधार नआउनु नै देशको समग्र पक्षको विकासमा कमी आउनु हो ।
सार्क राष्ट्रका महिलाहरुको स्थितीलाई मात्र हेर्ने हो भने महिला अधिकार समबन्धि सामाजिक, राजनितीक, शैक्षिक लगायतका पक्षमा भएका विभिन्न स्म्मेलन, विश्व सम्मेलन, महिला सम्मेलन, सेमिनार, गोष्ठी तथा आन्दोलनहरुबाट महिला अधिकारका थुप्रै पक्षमा सुधार भएका छन तर पनि आर्थिक पक्षमा भने आशातित सुधार हुन सकेको छैन ।
अहिले समयले कोल्टे फेरि सकेको छ तमाम असहज परिस्थिती पार गर्दै पुरुषसँगको प्रतिस्र्पधा पछि महिला अधिकारका सवालमा राजनितीक सोच र सचेतनामा ठुलो उपलव्धि हासिल भएको अनुभूति हामी गर्न सक्छौं । राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनु, देशको अति महत्वपूर्ण ओहदा राष्ट्रपति र व्यवस्थापिका संसदको सभामुख पदमा महिला, संघिय गणतन्त्र स्थापना पछि महिला प्रधान न्यायधिश हुनु विश्ब ईतिहासमै नेपाल उदाहरणीय बनेको छ ।
राजनितीक समावेशिता , शैक्ष्ािँक समानता , सामाजिक शसक्तिकरणले महिलाहरुमा आर्थिक सचेतना बढदै गएको छ । हिजोको जस्तो आफ्ना आवश्यकता पुरा गर्न, घर खर्चका लागि पुरुषको भर पर्ने दिन आज छैन । आफ्नो योग्यता र क्षमताले भ्याए सम्मको रोजगारी, साना तथा खुद्रा व्यापार, कृषि, उत्पादन मुलक व्यवसाय तर्फ उन्मुख हुदै महिलाहरु आर्थिक क्रान्ति तर्फ बढदैछन । परम्परागत सोचकै कारण अर्थसँग सम्बन्धित कुनै पनि क्षेत्रमा महिलाहरुको पहुँच नभएको बेला पछिल्लो समयमा शिक्षा र चेतनाको विकासले गर्दा साना तथा घरेलु व्यापार तर्फ महिलाहरुको उपस्थिती उत्साह जनक पाउन सकिन्छ भने उघोग तर्फ पनि महिलाहरुको सहभागिता बढदै गएको पाईन्छ जुन महिला उधमीहरुका लागि साकारात्मक पक्ष पनि हो । साना तथा घरेलु उधोगमा महिला सहभागिता हुनु भनेकै उधोगको आधारशिला तयार पार्नु हो ।
राष्ट्रको तीन खम्बे अर्थनिती मध्ये एक खम्बा मानिने सहकारीको माध्यमबाट महिलाहरुले आर्थिक क्षेत्रमा ठुलै फ्डको मारेका छन भन्दा फरक नपर्ला । शहरका ठुला बैक सम्म जाने पहुच नभएको वा जान हिच्किचाउने महिलाहरु पछिल्लो समय सहकारीमा आर्कषित छन । समान आयस्रोत, उद्धेश्य भएका महिलाहरु सहकारीमा आवद्ध भई घर खर्च कटाएर बचेको रकम सहकारीमा जम्मा गर्ने र त्यसबाट एक मुष्ठ पाउने रकमले आफ्ना आवश्यकता पूर्ति गर्नुका साथै साना तिना व्यापार व्यावसाय गर्दे आज ठुला ठुला व्यापार तथा उधोग सम्हालेका उदाहरणहरु हामी माझ प्रशस्तै छन ।
बनकटवा ९ निवासी ५८ वर्षिय मनि पुनको श्रीमान सामान्य कृषक हुन । सामान्य लेखपढ मात्र गरेकी उनी श्रीमानलाई आर्थिक रुपमै सहयोग गर्न अहोरात्र खटि रहन्थिन । श्रीमानले गर्दै आएको वाख्रापालनलाई सहयोग गर्दै मनिले दैनिक सहकारीमा जम्मा गरेको रकमले सानो कस्मेटिक पसल पनि खोलिन र व्यापार पनि राम्रो हुदै गयो । केटाकेटी ठुला भए पछि उनीहरुको पालन पोषण, पढाई लेखाई देखि लिएर उनीहरुको राम्रो भविष्य सोच्नु आमाबाबुको कर्तव्य पनि हो । उनले व्यापार बढाउने सोच र हिम्मत गरिन । आफ्नो नाममा रहेको जग्गा सहकारीमा धितो राखि ऋण लिईन । समीक्षा बंगुर फर्मको नाममा फर्म दर्ता गरि हाल वंगुर पालनको राम्रो व्यवसाय गर्दै आउनु भएको छ । खर्च कटाई वार्षिक ४ लाख सम्म आम्दानी भएको बताउदै आफ्नो पेशाबाट सन्तुष्ट भए पनि परम्परागत भन्दा आधुनिक शैलीबाट व्यावसाय गर्ने व्यवस्था मिलाउन सकियो भने सहज ढंगले थोरै समयमा बढि आम्दानी हुने बताउनु हुन्छ तर सरकारी निकायले कुनै वास्ता गरिएको देखिदैन ।
सेती किराना पसलकी प्रोपराईटर ५३ वर्षिय सेती राना मगरको अध्ययन सामान्य छ उनी समुहमा जम्मा गरेको रकमले सानो खुद्रा पसल चलाउदै आएकी थिईन । व्यापार राम्रो हुदै गयो र हिम्मत पनि बढदै गयो । मेहनत र ईमान्दारीका साथ गरे जे पनि राम्रो हुदो रहेछ भन्ने आत्मविश्वास मनमा पलायो र सहकारीबाट ऋण लिई आफ्नो व्यापार बढाउदै आएको छिन । महिला उघमीहरुका लागि स्थानिय निकायबाट सहज एंव सहुलियत व्याज दरमा ऋण प्रवाहको बातावरण मिलाई दिए राम्रो हुने बताउनु हुन्छ ।
सेती र मनि जस्ता हजारौ महिलाहरु तरकारी खेती, बाख्रापालन, च्याउ खेती, व्युटिपार्लर, कपडा पसल, होटेल व्यवसाय, छापाखाना पे्रस, कस्मेटिक पसल, खाजा पसल, बुटिक जस्ता थुप्रै उघम तिर आकर्षित छन भने थोरै पुँजीमा घरमै बसि विभिन्न किसीमका मस्यौरा, गुन्दु्रक, बत्ती, दुना टपरी, लपसी, अचारका परिकारहरु तयार गर्ने काम पनि हुदै आएका छन । यसरी हामी हेर्न सक्छौ कि उघमको हरेक क्षेत्रमा महिलाहरु स्वत स्र्फुत रुपमा लागि परेका छन तर उनीहरुमा उघमशिलताको ज्ञान र चेतनाको कमी भने पक्कै छ । एकातिर लगानी लगाउन सक्ने , भएको उघमलाई निरन्तरता दिन वा बढाउन सक्ने वातावरण छैन भने अर्को तिर उत्पादन भएका वस्तुहरुको बजार मुल्य, वजार व्यवस्थापनमा राज्यको भूमिका निरीह छ । घरेलु तथा साना उद्यम ठुला उधोगका आधार स्तम्भ हुन । ठुला उधोग प्रति राज्यको उदासिनता देखिएको बेला साना तथा घरेलु उधोग धन्दामा यति वेला महिलाहरुको बर्चश्व देखिनु भनेको साकारात्मक पक्ष हो ।
यसरी महिलाद्धारा संचालित विभिन्न साना तथा घरेलु उघमहरु लगानी मंत्री हुन सकेमा, चेतना र ज्ञानको विकास, राज्यद्धारा महिला उघमीहरुलाई सहज एंव सुलभ ऋणको व्यवस्था, आधुनिक तकनिकी, प्रशिक्षणको व्यवस्था साथै उत्पादित वस्तुको उचित व्यवस्थापनलाई नितीगत व्यवस्था मिलाउन सक्यो भने महिला उद्यमीहरुले समृद्ध राष्ट्रको अर्थतन्त्रमा टेवा पुरयाउनेछन भन्नेमा दुई मत नरहला । आर्थिक रुपले एउटा महिला सक्षम तथा आत्मनिर्भर हुनु भनेको सिंगो परिवार नै समृद्ध हुनु हो । परिवार समृद्ध भए समाज र पुरै देशको आर्थिक उन्नती हुन्छ त्यसैले उघम क्षेत्रमा राष्ट्रले रचनात्मक कार्यक्रमहरु गर्न जरुरी छ भने महिलाहरुले पनि आफ्नो क्षमता , योग्यतालाई निर्खादै साना तथा ठुलो उघोगलाई आफ्नो हातमा लिई समृद राष्ट्र निर्माणमा टेवा पुरयाउन सक्नु पर्दछ अतः अबको उद्यमी बन्ने पालो भनेको महिलाको ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     2:09:05 PM