बैंक हाँक्दै ज्योतीका

नेपालगन्ज :  प्रमाणपत्र तहको पढाई सकेपछि ज्योतीका नेपालगन्जको एफा नामक संस्थामा काम गर्न सुरु गरिन । सामाजिक परिचालकका रुपमा उनलाई जिम्मेवारी दिइएको थियो । उक्त संस्थाले कर्मचारीको तलब एभरेष्ट बैैंकबाट बुझ्ने व्यवस्था मिलाएको थियो । तलब बुझ््न हरेक महिना जसो ज्योतीलाई बैैंक जानु पथ्र्यो । बैंकमा गएर तलब बुझ््ने काम मात्र हुँदैन थियो, उनको । अलि बढि नै समय खर्चेर भए पनि उनी बैंकलाई नियाल्ने गर्थिन । त्यहाँ बसेका कर्र्मचारीको काम गर्ने शैली बुझ््थिईन । उनको मनमा ‘यस्तै हुने’ सोंच पलाउँथ्यो । पढाई पनि अर्थशास्त्र र यसैक्षेत्रमा रहेर कक्षा दश पछि नै काम गर्न सुरु गरेकाले पनि ज्योतीकामा बैंकमा काम गर्ने सोंच पलाएको थियो ।
त्यो सोंचलाई उनले मर्न दिईनन् । अनेक समस्यालाई सुल्झाउँदै अघि बढ््ने काम गरिन । पढाईलाई निरन्तरता दिईन । बैंकको जागिर खोजिन् । बैंककै अनेक पदमा रहेर काम गरिन । अन्ततः आज ज्योतीका शर्मा कामना सेवा विकास बैंकको नेपालगन्ज प्रमुखका रुपमा काम गर्ने ठाउँमा आईपुगेकी छन् । ज्योतीका नेपालगन्जमा सम्भवत एक मात्र शाखा प्रवन्धक हुन ।  हाम्रो समाजमा महिलालाई अगाडी बढ््न धेरै ठुला चुनौती पार गर्नुपर्छ । ती चुनौती ज्योतीका लागि पनि अपबाद बन्न सकेनन् । तर उनले चुनौतीलाई पछ््याईन । त्यसैको प्रतिफल आज उनलाई प्राप्त भएको छ । महिला चुलो र चौकामै सीमित हुनुपर्छ भन्ने समाजको बन्धन तोड््न नसकेको भए आज ज्योतीका घरभित्रै हराउने थिईन । तर त्यसो हुन दिईनन्, उनले । भन्छिन्् —‘महिलालाई घरभित्रै सीमित गर्ने समाजको चाहाना अनुसार हामी पनि जाने हो भने त कहिल्यै केही बन्न सक्दैनौं । त्यसलाई नमान्ने हो । अनि अगाडी बढ््न सकिन्छ । ’
२०५४ सालमा ज्योतीकाले कोहलपुरस्थित त्रिभुवन माविबाट प्रवेशिका दिईन । दुई सय पचास जना बिद्यार्थी मध्ये सय जना त छात्रा नै थिए । तर उत्तिर्र्ण भए ज्योतीका सहित चार जना छात्रा । धेरै जसो छात्र उत्तिर्ण भए । छोरीलाई नपठाए पनि हुन्छ भन्दै अभिभावकले पढ््ने वातावरण नदिएका कारण थोरै छात्र उत्तिर्ण भएका थिए, त्यसबेला । आर्थिक रुपमा बलियो नभएपछि ज्योतीका माता, पिता छोरीलाई पढ््न दिनुपर्छ भन्ने चाही थिए । त्यसले उनलाई थोरै भए पनि राहात दिएको थियो । प्रवेशिका उत्तिर्ण भए लगत्तै ज्योतीकाले काम सुरु गरिन । एसिया फाउण्डेशन नामक संस्थाको बित्त सम्बन्धी काम पाईन । उनको त्यो नै पहिलो जागिर थियो । रु १६ सय तलव थियो, उनको । त्यही पैसाले खर्च टरेको थियो ।
ज्योतीकामा सानैबाट केही बन्नुपर्छ भन्ने सोचाई थियो । तर परिवार र सामाजिक बन्धन उनको चुनौती बन्दै थिए । जागिरको काम, पढाई अनि घरायासी कामको चेपुवामा थिईन ज्योती । सांझ, बिहान घरको काम, दिउँसो जागिरको गरेपछि पढ्ने फुर्सद कहाँ पाईनु ? उनी भन्छिन्,—‘ मेरो लागि बचेको समय भनेकै अरु सुत्ने बेलाको रात थियो । घडीमा अर्लाम लगाएर राती पटक पटक उठ्दै पढ्ने गर्थे ।’ उनको बिहे भयो । नेपालगन्जको एफामा नयाँ काम पनि पाईन । बच्चा जन्मियो । कार्यालयको काम, घरको काम, पढाई अनि बच्चाको स्याहार सुसार । सबैथोक उनकै जिम्मामा थियो । काम छ भन्दै उनले कुनै काम रोक्न चाहिनन् । जस्तोसुकै भए पनि काम गर्न तर्फ लागिन् ।
यसैबीचमा श्रीमानसंगै काठमाण्डौं जानुपर्ने भयो, ज्योतीका । त्यहाँ उनी मात्र गृहणी भएर बसिन् । काम केही थिएन । सानैदेखि काम गर्ने जाँगर भएकी ज्योतीकालाई त्यसै बस्दा बन्धक भए जस्तो लाग्थ्यो । त्यही बुझेर होला सायद श्रीमानले साईबरमा जान भन्थे । ज्योतीका साईबरमा गएर आवश्यकता सम्बन्धी सूचना हेर्ने गर्छिन । त्यहीबाट उनले भर्खरै कोहलपुरमा खुल्न लागेको गोरखा विकास बैंकको कर्मचारी आवश्यकता सम्बन्धी सूचना देखिन । फारम भरिन् । परिक्षा दिएर उनीले गोरखा विकास बैंकमा काम सुरु गरिन । अनि सुरु भयो उनको बैैंकिगं क्यारियर । त्यहाँ उनले सहायकस्तरको कर्मचारीका रुपमा काम गर्र्छिन । राम्रो काम गरेकाले क्यास काउन्टरबाट सिफ््ट गरेर कस्टमर डेक्समाजाने अवसर पाईन । गोरखा विकास बैंकपछि उनीले सेवा विकास बैंकमा उपप्रमुखका रुपमा काम गरिन । सेवा र कामना विकास बैंक मर्ज भएर कामना सेवा विकास बैंकले नेपालगन्जमा शाखा खोलेपछिज्योतीकाले प्रमुखको जिम्मेवारी पाईन । ‘ सायद ठिकै काम गरेको भएर यति ठुलो जिम्मेवारी दिनु भएको होला । आगामी दिनमा पनि राम्रो गर्ने प्रयत्न गर्छु ।’ ज्योतीका शर्माले भनिन् ।

प्रकाशित मितिः सोमवार, पुस ९, २०७५     10:56:50 AM