मार्केटिङ्गमा कहिल्यै नथाक्ने मुरलीधर

बाँके  : एउटा झोला सधै उनको साथमा हुन्छ । झोलाबाट व्यवसाय फस्टाएर सफल व्यवसायी बनेको कारणले उनले झोला कहिल्यै छोड्दैनन् । यि हुन, नेपालगन्जका व्यवसायी मुरलीधर शर्मा ( मिश्र) । झोला बोकेका व्यवसायी भन्ने बित्तिकै उनकै नाम आउ“छ । सबैले चिन्छन् ।  २०३६ सालको जनमत संग्रहको समयमा झापाको दमकमा लुटिएका व्यवसायी हुन मुरलीधर शर्मा (मिश्र) । त्यसबेला हाटबजारमा रहेको शर्मा सहित सयौ व्यापारीको पसल झोडाबासीले लुटिदिएका थिए । हिन्दु महिलाको महानचाड हरितालिका तीजको दिन प्रहरीलाई चौकीमा थुनेर लुटेरा झोडाबासीले दमकको हाट बजार लुटेका थिए । तत्कालिन थानेदार मिर बहादुर गुरुङ लुटेरा समुहले थानामा नै बाधेका थिए । ७ बर्ष नोकरी गरेका शर्माले २०३२ सालबाट मोरङको उर्लाबारीबाट व्यवसाय शुरुवात गरेका हुन । उनले भने,‘ सात बर्ष नोकरी गरें, साहुको जति चाकरी गरेपनि सन्तुष्ट नहुने, अनि नाकरी छोडें । त्यसपछि व्यवसायमा लागेको हु“ ।’
सुरुवातमा उनले हाटबजारमा समान लगेर बेच्ने काम गरे । उनी पुर्व झापा, मोरङका हाटबजारमा रागा गाडिमा सामान लिएर जान्थे र बेच्थे । शर्माले उर्लाबारी, दमक , तोपगाछी, मधुमल्ला, मंगलबारे, उर्लाबारी लगायतका हाटबाजर समान लगेर बेच्थे । विहान ४ बजे उठेर ५ देखि १० किलोमिटर टाढाका हाटबजारमा समान लगेर बेच्ने गरेको अनुभव उनले सुनाए । ‘२०÷२५ जनाको समुह बनाएर हाटबजार चर्हाथ्यौं ।’ उनले । शर्माले २०३६ सालमा दमकमा हाट बजार लुटिएपछि सर्वस्व गुमाए । दिउसै पसल र पैसा सबै लुटियो । उनी घर न घाटका भए । ‘हाम्रा पसल त पुरै लुटिए, लगाएको लुगा बाहेक हामीसंग केही बांकी रहेन ।’ उनले विगत सम्झदै भने, ‘चाराआलीबाट सेना आएर लुटेराले बाँधेका प्रहरीलाई खोल्यो, हाम्रो त विल्लिबाँठ नै भयो ।’
शर्मा लगायत धेरै पसले व्यवसायबाट नै विस्थापित भए । त्यसपछि उनीहरु शरणार्थीको रुपमा विराटनगरको अथिति सदनमा आएर बस्न बाध्य भए । दमकमा लुटिएका व्यवसायीहरु १०÷१५ दिन विराटनगरको अथिति सदनमा नै
बसे । त्यही सरकारी टोली आयो। क्षतिको बिबरण टिप्यो, गयो तर क्षतिपुर्ति भने पिडित व्यवसायीले पाएनन् । जीवनको सबै भन्दा दुख क्षण त्यति भएको शर्माले बताए । ‘दिक्क लागेर आयो, अब के गर्ने , कहाँ जाने भन्ने भयो ।’ उनले भने । शर्मा केही समय त्यसै भौतारिए,रन्थनिए ।
त्यसपछि शर्माले सादाको लागि पुर्व छोडे । २०३७ साल साउनमा शर्मा नेपालगन्ज प्रवेश गरे । खाली हात आएका शर्माले शुरुवातमा पेन्सिल, इलेजर झोलामा राखेर बेच्न थाले । शर्माको २÷३ बर्ष त्यसरी नै वित्यो । सर्वस्व लुटिएर थलथलिएका शर्माले त्यसपछि अलि अलि पैसा कमाउन थाले । अलि अलि पैसा जम्मा हुन थालेपछि काठमाण्डौंबाट कस्मेटिक समान ल्याएर बेच्न थाले । धेरै संघर्ष पछि २०५६ सालमा आयकर दर्ता प्रमाण पत्र लिएर स्टेशनरी व्यवसाय शुरुवात गरे । तर पनि उनलाई लामो समयसम्म घरपरिवार चलाउन समेत धौ धौ भयो ।
२०६२ सालमा माओवादी द्धन्द्धको चपेटामा परेपछि शर्माले मार्के्टिङ क्षेत्रमा हात हालेका छन् । मार्के्टिङ क्षेत्रमा शर्मा सफल व्यवसायी भएका छन् । सगरमाथा घ्यु, टोकला चिया र विस्कुटको मार्के्टिङ गरिरहेका छन् । अहिले उनको अवस्था राम्रो छ । २००७ साल असार २७ गते जन्मिएका शर्माको साथ ६६ बर्ष हुदाँ समेत व्यवसायमा सक्रिय र क्रियाशिल छन् । शर्माले जीवनमा धेरै सघर्ष गरेपनि छोरा छोरीको शिक्षामा कुनै कमी हुन दिएनन् । मारबारीमा छोराछोरीलाई व्यापार व्यवसायमा नै लगाउने. परम्परालाई तोड्दै उनले तीन बटै छोरा छोरीलाई उच्च शिक्षा उपलब्ध गराए । शर्माका छोरी रेनु शर्मा र छोरा कैलाश शर्माले त अंग्रेजी विषयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट नै स्नातकोत्तर गरेका छन् । शर्मा छोराछोरी पढ्नमा तिक्ष्ण भएका कारण व्यवसायमा लगाउन छोडेर उच्च शिक्षा पढाएको बताउँछन् । मारवाडीले उच्च शिक्षा हासिल गर्छन भन्ने उदाहरण शर्माका छोरी दिन सफल भएका छन् ।
आफु दुखको अवस्थामा सहयोग गर्ने बसन्त लामिछाने, दामोदार आचार्य लगायत व्यवसायीलाई उनी सधै कहिल्यै विर्सन सक्दैनन् । छोराछोरीले लामिछानेको स्टेशनरीबाट कपि कलम, किताब लगेर पढ्ने गर्थे । ‘त्यो बेला छोराछोरी कपि कलम किन्न समेत मुस्किल थियो, कमजोर अवस्थामा उहाहरुले सहयोग गर्नु , त्यो म विर्सन सक्दिन ।’ शर्मा भन्छन् ।
शर्मा व्यवसायका साथै समामाजिक कार्यमा समेत सक्रिय छन् । शर्मा, बसन्त लामिछाने, नारायण ज्ञावाली मिलेर २०५२ सालमा पुस्तक तथा स्टेशनरी व्यवसायीलाई संगठित गर्ने काम गरे । उनीहरुकै अगुवाई बाँकेका पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्थापना भएको हो । अहिले शर्मा स्टेशनरी व्यवसायी महासंघका साथै नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, नेपालगन्ज वितरक संघ, साना तथा किराना व्यवसायी संघका सल्लाहकार छन् ।

प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५     9:08:28 AM