धम्बोझीमा बृहद रक्तदान जारी

बाँके :  रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा बृहद रक्तदान कार्यक्रम सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रक्तदानको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष बैश्यले उद्योगी, व्यवसायीहरु बिशुद्ध व्यवसाय मात्र होइन सामाजिक उत्तरदायित्व पनि बहन गर्छन भन्ने सन्देश रक्तदानले दिएको बताए । उनले रक्तदान कार्यक्रम आयोजकलाई धन्यबाद पनि दिए । सोही कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवं व्यवसायी ध्रुब दाहाले व्यवसायीहरु समाजप्रति उत्तरदायी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरञ्जीवी ओलीले रगत अभाव टार्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । बिहान १० बजेपछि शुरु भएको कार्यक्रम जारी छ ।

प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५     12:15:24 PM