नेपालगन्जमा खुल्यो लजिज पिज्जा, एक हप्तासम्म १० प्रतिशत छुट

बाँके : पिज्जा खाने इच्छा छ ? यदि हो भने अब शहर भन्दा बाहिर जान नपर्ने भएको छ । नेपालगन्जमै लजिज पिज्जाले तपाईको स्वाद मेटाउन सक्छ । शनिबारदेखि नेपालगन्जको धम्बोझीमा लजिज पिज्जा खुलेको छ ।
युवा व्यवसायीहरु आदित्य र सौरभ गुप्ताले नयाँ पिज्जा हाउस सन्चालनमा ल्याएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले लजिज पिज्जाको उद्घाटन गरे । अब पि पिज्जाका लागि अन्यत्र शहर धाउन नपर्ने बैश्यले बताए । लजिज पिज्जामा बिभिन्न थरीका अन्य खानेकुरा समेत पाईन्छ । उद्घाटनको अवसर पारेर लजिज पिज्जाले छुट समेत गरेको छ ।
एक हप्तासम्म १० प्रतिशत छुट दिईएको सन्चालक आदित्य गुप्ताले बताए । नयाँ र आर्कषक डिजाईनमा तयार भएको लजिज पिज्जाले ग्राहकहरुलाई सन्तुष्ट पार्ने सौरभ गुप्ताले बताए ।

प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५     12:33:52 PM