एकैदिनमा १ सय २२ जनाले रक्तदान गरे, अध्यक्ष ओलीले धन्यबाद दिए

बाँके :  रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा शनिबार भएको बृहद रक्तदान मा १ सय २२ जनाले सहभागिता जनाएका छन् । लामो समयपछि यतिको संख्यामा एकैदिन रक्तदान भएको पहिलो पटक हो ।
रक्तदान कार्यक्रम उत्साहजनक भएको आयोजकले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रक्तदानको उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष बैश्यले उद्योगी, व्यवसायीहरु बिशुद्ध व्यवसाय मात्र होइन सामाजिक उत्तरदायित्व पनि बहन गर्छन भन्ने सन्देश रक्तदानले दिएको बताए । उनले रक्तदान कार्यक्रम आयोजकलाई धन्यबाद पनि दिए ।


चिरंजीबी ओली,  अध्यक्ष,  नेपालगन्ज एलेक्ट्रोनिकस एसोसिएशन (NEA) बाँके

आज १५ गते भएको बृहत रक्तदान कार्यक्रमा १ सय २२ पिंट रगतदान अथबा रगत जम्मा भएको छ । ब्लड बैंक मा ब्लड को अभाभ भई हाहाकार भैरहेको यो परिस्थिति मा स्वस्फूर्त रुपमा अत्यन्त उत्सहजनक सहभागिता ले हामी अत्यन्तै हर्षित
छौ । रक्तदान कार्यक्रममा सहभागिता जनाउनु हुने तपाई एलेक्ट्रोनिकस ब्याबसायी, पत्रकार,अन्य ब्यापारी , सुभचिन्तक हाम्रा अग्रज लागायत सम्पूर्ण रक्तदान गर्नु हुने रक्तदाता हरु र प्रबिधिक रुपमा सहयोग गर्नु हुने रेडक्रसको सबै टीम लाई हिरदय देखी नै आभार तथा कृतज्ञता ब्यक्त गर्नचाहन्छु । साथै आगामी दिनमा हुने यस्ता कार्यक्रम मा यस्तै सहभागिता को अपेक्षा गर्दै फेरी पनि तपाई हरुलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु    ।


सोही कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवं व्यवसायी ध्रुब दाहाले व्यवसायीहरु समाजप्रति उत्तरदायी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरञ्जीवी ओलीले रगत अभाव टार्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५     8:57:51 PM