मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

इन्द्रबहादुर थापा, प्रोपराईटर, द किचन टप्स्

धेरै रेष्टुरेण्टको माझमा बिभिन्न शैली अपनाएर हामी ग्राहकहरु माझ आएका छौं । हरेक ग्राहकको खानेकुराको स्वाद मेटाउने गरी बिभिन्न प्रकारहरुको व्यवस्था गरिएको रेष्टुरेण्ट हो द किचन टप्स् । बिशेष गरी थकाली खानाको व्यवस्था गरेका छौं । मनोरम र सुविधा सम्पन्न हलको व्यवस्था भएको हाम्रो रेष्टुरेण्टमा तीन सय जना अट्ने एसी सहितको हल, प्राइभेट क्याबिनको व्यवस्था छ ।
जुम्लाको मार्सी चामल सहितको थकाली खाना, बिवाह पार्टी गर्नको लागि जग्गेको ब्यबस्था समेत छ । नेपाली, चाइनिज, इन्डियन कन्टिनेन्टल स्वादिष्ट खानाको साथै पारिवारिक बातावरण भएको हाम्रो रेष्टुरेण्ट नेपालगन्जको धम्बोझी र बिपिचोक नजिक पर्ने होटेल सिग्नेटको बिपरित ठाउँमा रहको छ ।

 

प्रकाशित मितिः आइतवार, मंसिर १६, २०७५     7:58:43 AM