मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

बाँके : मदिरा बिक्री–वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेपछि बाँके लगायत देशभरका व्यवसायीहरु असन्तुष्ट छन् । हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ । साथै मदिरा बिक्री–वितरण समय पनि तोकिने तयारी छ ।
यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री– वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएको छ । आदेशको मस्यौदा तयार भएर छलफल क्रममा रहेको गृहमन्त्रालयले जानकारी दिएको छ । मस्यौदामा नयाँ मदिरा उद्योग अनुमति तथा दर्ता गर्ने काम हाललाई स्थगित गर्ने भनिएको छ । साथै अनुमति लिएर ६० प्रतिशत बढी लगानी तथा तयारी पूरा गरेका बाहेक अन्यलाई संचालन अनुमति नदिने उल्लेख छ । सञ्चालनमा रहेकाको शाखा विस्तार तथा क्षमता वृद्धि अनुमति पनि स्थगित गर्ने व्यवस्था मस्यौदामा छ ।
यस सम्बन्धी तयारी सरकारले गरेपछि बाँकेका मदिरा व्यवसायीहरुले असन्तुष्टि पोखेका छन् । सो सम्बन्धमा बृहद छलफल समेत गर्न लागेका छन् । मदिरा व्यवसायी संघ बाँकेले सोमबार नेपालगन्जमा त्यसैको छलफलका लागि कार्यसमिति सदस्य, सल्लाहकार लगायत व्यवसायीलाई बोलाएको छ । व्यवसायिक हकहित र आवश्यक रणनीति बनाउने उदेश्यले छलफल हुन लागेको
हो ।


जरूरी सूचना

मदिरा ब्यवसायी संघ बाँके का सम्पूर्ण कार्यसमिति सद्स्यज्यूँ तथा सल्लाहकारज्यूँ नेपाल सरकारले जारी गर्न लागेको मदिरा एन नीति २०७५ का बिषयमा नेपाल मदिरा ब्यवसायी महासंघ तथा मदिरा ब्यवसायी संघ बाँके बीच भएका ब्यवसायीहरुको हकहित का लागि पहल गरेका बिषयमा बिशेष छलफल तथा नया योजना बनाउनु पर्ने भएकोले तपसिल बमोजिमको स्थानमा यहाँहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।

तपसिल

मिति : २०७५\0८\१७ सोमबार

समय : दिउसो १२ बजे

स्थान : होटल इन्द्रेनी न्यूरोड, नेपालगंज

मदिरा ब्यवसायी संघ बाँके

प्रकाशित मितिः आइतवार, मंसिर १६, २०७५     9:51:12 PM