वेयभसाईड भन्सारको, फोन नम्बर कस्को ?

बाँके : नेपालगन्ज भन्सार कार्यालयको आधिकारिक वेयभसाईडमा लामो समयदेखि व्यक्तिगत फोन नम्बर प्रयोग भएको पाईएको छ । वेयभसाईडमा प्रयोग भएको ०८१ : ५२०३७९ नम्बरमा फोन गर्दा भन्सारका कर्मचारीले उठाउदैनन् ।
त्यो फोन नेपालगन्ज डिएसपीरोड स्थित एउटा घरका मानिसले उठाउँछन् । लामोसमयदेखि उक्त फोन नम्बर वेयभसाईडमै राखिएको छ । बिष्ट थरका एक व्यक्तिको नाममा दर्ता भएको दाबी गर्ने श्याम बिष्टले वेयभसाईडमा राखिएको नम्बरका कारण हैरानी खेपेको बताएका छन् । ‘सबैले हाकिम साब नमस्कार भनेर फोन गर्छन । दिनमा कति पटक फोन आउँछ, आउँछ । हैरान बनाएका छन् ।’— उनले भने । बिहानदेखि रातीसम्म भन्सार हो भन्दै फोन गर्नाले हेरानी खेपिरहेको बिष्टले बताए । ‘यो फोन नेपालगन्जको पहिलो लटको हो । भन्सारको कसरी पर्यो बुझ्नै सकिएको छैन ।’— उनले भने ।
समस्या समाधानका लागि नेपालगन्ज भन्सार कार्यालयमा दुईपटक गएपनि समाधान नभएको उनले बताए । यता नेपालगन्ज भन्सार कार्यालयमा भर्खर प्रमुख भई आएका शान्तीराम निरौलाले बुझेर समस्याको समाधान गर्ने बताएका छन् । उक्त फोनमा नम्बर ८ वर्षदेखि भन्सार हो भन्दै फोन आउने गरेको बिष्टले बताए । भन्दा भन्दा पनि केही नभएकाले अहिले भन्ननै छाडिएको बिष्टको दुखेसो छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १८, २०७५     8:21:53 AM