नेपालगन्जमा : डिजे बजाउँदा उपमहानगरबाट सिफारिस र प्रशासनबाट अनुमति लिनुपर्ने

बाँके : नेपालगन्ज उपमहानगरपालिका भित्र डिजे बजाउँदा उपमहानगरपालिका कार्यालयको सिफारिस र जिल्ला प्रशासन कार्यालय बाँकेको अनुमति चाहिने भएको छ । ‘नो हर्न’ अभियान सफल नभएका बेला नेपालगन्जको ध्वनी प्रदुषण न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाँके मंगलबार बसेको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयन कहिलेबाट त्यो भने निश्चित समय तोकिएको छैन ।
डिजेलाई चर्को आवाज दिने साधनकामा चित्रण गर्दै बैठकले त्यस्तो प्रयोगमा ल्याउनु पूर्व नै प्रयोगकर्ता संस्था वा व्यक्तिले स्थानीय तहबाट सिफारिस र जिल्ला प्रशासनको सिफारिस लिनुपर्ने उल्लेख छ । अनुमती नलिए कस्तो कारवाही गर्ने भन्ने खुलाईएको छैन । बहस र छलफल चलिरहेकाले केही समयसम्म चेतावनी दिने र त्यतिगर्दा पनि नटेरे कानुनी कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा नेपालगन्ज उपमहानगरपालिका, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, धार्मिक अगुवा, नागरिक समाजको बृहद छलफल भएको थियो ।

      छलफलपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निर्णय कार्यान्वयनका लागि सार्वजनिक अपिल समेत गरेको छ । उक्त छलफलले मुख्यगरी चारवटा निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिका आसपास बिभिन्न धार्मिक सम्प्रदायबाट हुने कार्यक्रमहरु, महोत्सव, जन्मदिनबाट उत्सर्जन हुने ध्वनीबाट बिरामी, बिद्यार्थी, बृद्धबृद्धा लगायतको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएकोले ध्वनी प्रदुषण न्युनिकरण गर्नुनपर्ने अवस्था आएको निर्णयमा उल्लेख छ । यस्तै बिभिन्न धार्मिक सम्प्रदायहरुबाट हुने ध्वनी प्रदुषण न्यूनिकरण गर्न आ—आफ्नो सम्प्रदाय अन्र्तगत मठ, मन्दिर, मस्जिद, गुरुद्धाराका सन्चालकलाई सम्बन्धित धार्मिक नेतृत्वबाट अनुरोध गर्ने उल्लेख छ ।


जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना

त्यस्तै डिजेबाट अत्याधिक ध्वनी प्रदुषण हुने भएकाले डिजे प्रयोगमा ल्याउनु भन्दा अगाडी प्रयोगकर्ता संस्था वा व्यक्तिले स्थानीय तहको सिफारिस लिने र सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले अनुमति दिने उल्लेख छ । जिल्ला प्रशासनले सार्बजनिक रुपमा अपिल जारी गर्दै ध्वनी प्रदुषण रोक्ने अभियानमा साथ दिन सबैमा अपिल गरेको छ । धार्मिक आस्थाप्रति ठेस नप्ुग्ने गरी कसरी आवाज न्यूनिकरण गर्ने भन्ने बिषयमा छलफल केन्द्रीत भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । बिशुद्ध ध्वनी प्रदुषण कम गर्नका लागि लक्षित भएको बताउदै कुनै धर्म, सम्प्रदायलाई ठेस पु¥याउने उदेश्यले नभएको प्रशासनले जनाएको छ ।


जिल्ला प्रशान कार्यालय बाँकेमा भएका निर्णयका मुख्य बुँदा

१. बाँके जिल्ला बिशेष गरी नेपालगन्ज उपमहानगरपालिका आसपासमा बिभिन्न धार्मिक साम्प्रदायबाट हुने कार्यक्रमहरु, बिवाह, महोत्सव, जन्मदिवश, धार्मिक प्रवचन लगायतका कार्यक्रमबाट उत्सर्जन हुने ध्वनीबाट बिरामी, बिद्यार्थी, बृद्धबृद्धा लगायत समाजका सबै पक्ष पिडित भएको हुँदा यस किसिमको ध्वनी प्रदुषण न्यूनिकरण गर्न जरुरी रहेकोे बिषयम सर्वसम्मत सहमति ।

२. बिभिन्न धार्मिक सम्प्रदायहरुबाट हुने ध्वनी प्रदुषण नियन्त्रण गर्न आआफ्ना सम्प्रदाय अन्र्तगत मठ, मन्दिर, चर्च, मस्जिद, गुरुद्धाराका सन्चालकहरुलाई सम्बन्धित धार्मिक नेतृत्वबाट अनुरोध गर्ने ।

३. डि.जे बाट अत्याधिक ध्वनी प्रदुषण हुने भएकाले डिजे प्रयोगमा ल्याउनु भन्दा अगाडी प्रयोगकर्ता संस्था तथा व्यक्तिहरुले स्थानीय तहको सिफारिस लिने र सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति दिने ।


बृहद छलफल जरुरी छ : हारुन

 

मोहमद हारु केन्द्रीय सदस्य, नेकपा

ध्वनी प्रदुषण रोक्ने निर्णय सकारात्मक छ । यो सबैले चाहेको बिषय पनि हो । हामी शहरमा बस्ने जोकोही ध्वनी प्रदुषणको सिकार छौं । यसको न्यूनिकरण हुन जरुरी छ । तर यो न्यूनिकरण गर्दा धार्मिक निकायहरु पनि जोडिएकाले हामी अलि बढि संबेदनशिल हुनुपर्छ । धार्मिक अगुवाहरुसंग गहन, छलफल गरेर मात्र निर्णय कार्यान्वयनमा जादा सफल भईन्छ । उहाँहरुलाई हामीले बुझाउन आवश्यक छ । एउटा कुनै धर्म बिशेष मात्र नभई हरेक धर्म, सम्प्रदायका अगुवाहरुसंग अझै बस्न जरुरी छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १८, २०७५     9:31:49 PM