हुलाक बैंक बाँके : नयाँ खाता खोल्न बन्द

बाँके : जिल्ला हुलाक कार्यालय अन्र्तगत सन्चालन हुँदै आएको हुलाक बचत बैंकले नयाँ खाता खोल्न बन्द गरेको छ । हुलाक बचत बैंक खारेज गर्ने हल्ला चलिरहेका बेला गत साउन महिनादेखि नयाँ खाता सन्चालन बन्द भएको हो । तर बैंक खारेज भने भएको छैन ।
जिल्ला हुलाक कार्यालय बाँकेकी प्रमुख पुष्पा श्रेष्ठले साउनयता नयाँ खाता नखोलेपनि पहिले नै भएका खाताका सेवाग्राहीलाई सेवा दिने काम भइरहेको जानकारी दिईन । उनले हुलाक बचत बैंकको आर्कषण सर्बसाधारणमा भने कायमै रहेको बताईन । अहिले पनि दैनिक जसो सेवाग्राही हुलाक बचत बैंकमा खाता खोल्नका लागि आउने गरेको तर खाता खोल्न नसकिएको जानकारी दिइन ।
हुलाक बचत बैंकले दिने ब्यादरप्रति सर्बसाधारण लोभिएका थिए । बैंकले ज्येष्ठ नागरिक सेवाग्राहीलाई वार्षिक ७ प्रतिशत र अन्यलाई ६ प्रतिशत सम्म ब्याद दिने गरेको थियो । यो ब्याददर घट्ने गरेको थिएन । सोही आर्कषणका कारण २०६३ सालबाट सुरु भएको हुलाक बचत बैंक बाँकेमा १७ सय ५१ जना बचतकर्ता थिए । बैंकले ब्याददर राम्रो दिएको भएपनि कर्मचारी बाहेक अरुलाई ऋण लगानी गर्ने गरेको थिएन । सर्बसाधारणले अहिले पनि बैंकमा खाता खोल्न चाहेकाले यस बिषयमा हुलाक बिभागमा कुरा राखेको श्रेष्ठले बताईन ।

प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५     8:48:22 AM