केवाइसी (KYC) फर्म भनेको के हो ? के तपाईले भर्नुभयो ?

भार्गव विकास बैंकले आफ्ना ग्राहकहरुलाई केवाईसी फारम भर्न आग्रह गर्दै जारी गरेको सूचना ।

अवैधानिक तरिकाबाट कमाएको पैसा कसैले पनि बैंकमा नलुकाउन् र उक्त सम्पति सही स्रोतबाट आएको हो भन्ने बुझ्नको लागि हरेक बैंकहरूले केवाइसी फर्भ भराउने गर्छन् । यसबाट ग्राहकको बारेमा सम्पूर्ण जानकारी लिन सकिने शीर्षकहरू राखिएको हुन्छ । यसको पुरा रुप ‘Know your customer’ भन्ने हुन्छ जसको अर्थ आफ्नो ग्राहक पहिचान विवरण भन्ने  बुझिन्छ । त्यसैले बैंकहरूले ग्राहकलाई KYC फर्भ भराउँछन् । कुनैपनि बैंकमा खाता हुने बित्तिकै यो फर्म अनिवार्य रूपमा भर्नुपर्छ ।

किन यो फर्म भर्नुपर्छ ?

  • यसलाई भरेपछि बैंकसँग तपाईको बारेमा पछिल्लो जानकारी हुन्छ जसले तपाईलाई कारोबार गर्न सजिलो बनाउँछ
  • नेपाल राष्ट्र बैंकलेनै बैंकहरूलाई यो KYC अनिवार्य रूपमा भर्न लगाएकाले यसलाई नभर्दा पछि बैंकिङ्ग कारोबारमा झण्झट हुन सक्छ ।

यसमा के के जानकारीहरू भर्नुपर्छ ?

  • सामान्यतया बैंकहरूले यो फर्ममा भराउने विवरणहरू एउटै हुन्छन् जो निम्नानुसार छन्

    • खाता नम्बर
    • नाम (आफ्नो¸ बुवा/आमा र हजुरबुवाको नाम)
    • पेशा
    • औषत वार्षिक आय
    • नागरिकता वा पासपोर्ट वा  सवारी लाइसेन्स नम्बर
    • डेभिड वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर
  • यदि कुनै व्यवसाय गर्ने भए

    • व्यवसायको विवरण (व्यापार¸ उद्योग वा सेवामुलक के हो खुलाउने)
    • औषत वार्षिक कारोबार
    • पान नम्बर वा भ्याट नम्बर
  • ठेगाना

    • स्थायी ठेगाना (कागजपत्रमा हुने अनुसारको)
    • अस्थायी ठेगाना (अहिले बसिरहेको ठाँउको ठेगाना)
  • कागजपत्रहरू

    • स्थायी ठेगाना भए घरधनीको पहिचान खुल्ने कागजपत्र

    • अस्थायी ठेगाना भए घरमुलकीको विवरण भएको कागजपत्रको फोटोकपी

    • परिवारका सदस्यहरूको नाम थर¸ नागरिकता नं¸ नागरिकता जारी भएको ठेगाना र मिति

    • हाल बसोबास गरिरहेको स्थानसम्म पुग्ने नक्सा (नक्सा बनाउने ठाँउ फर्ममै हुन्छ)

    • हालसालै खिचिएको फोटो

प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५     7:10:48 AM