उद्यमका लागि वडा कार्यालयको सहयोग

बाँके : उपमहानगरपालिकामा सञ्चालित साझेदारी बिकास कार्यक्रममार्फत बिहिवार वडा न २ का १२ उद्यमीलाई सहयोग गरिएको छ । बिपन्न महिलाहरुलाई लक्षित गर्दै आय आर्जनका लागि यो क्रार्यक्रम सञ्चालनमा ल्याइएको हो । नेपालगञ्ज वडा न २ का ६ वटा समूहका १२ जनालाई ५० हजारका दरले ३ लाख रुपैया ऋण सहयोग दिइएको हो ।

वडा कार्यालयमै आयोजित कार्यक्रममा वडा अध्यक्ष सुनिलसिंह हमालले व्यवसाय गर्न इच्छुुक सदस्यलाई सो रकम बराबरको चेक हस्तान्त्रण गर्नु भयो । व्यवसायीले सो रकमबाट विभिन्न आय आर्जन र व्यवसाय सञ्चालन गर्नेछन् । कार्यक्रमका समुदाय परिचालक रुक्मेणी गुप्ता, अल्पना गप्ताको समेतको उपस्थितीमा महिला उद्यमीले चेक पाएका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५     5:35:34 PM