नौं वर्षिय बालकको चेस ‘क्रेज’

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतसंग प्रतियोगिता उद्घाटनका क्रममा चेस खेल्दै अनुप । साथमा बुद्धिचाल संघ बाँकेका अध्यक्ष धनराम ओली, सचिव सुशिल सापकोटा ।

बाँके : ९ वर्षिय अनुप शाह ‘चेस’ खेलका ‘क्रेजी’ बनिसकेका छन् । बुवासंग घरमै चेस खेल्ने गरेका उनी ठुला प्रतियोगितामा समेत सहभागि हुन थालेका छन् । बुद्धिचाल संघ बाँकेको आयोजनामा बिहिवारदेखि नेपालगन्जमा सुरु भएको चेस खेलाडी छनौट प्रतियोगितामा अरुसंगै यि ९ वर्षिय शाहले भाग लिएका छन् । चेसप्रति उनको क्रेजदेखेर आयोजकले अतिथी सहित उनकैबाट प्रतियोगिताको उद्घाटन गराएको थियो । समापनमा पनि उनलाई प्रोत्साहन बापत पुरस्कार दिइयो ।
नेपालगन्ज उपमहानगरपालिका रांझास्थित कमलपोखरी बोर्डिगं स्कुल कक्षा ३ मा अध्ययनरत छन् । घरमा बुवाले चेस खेल्ने भएकाले उनले चेस सिक्न पाए । अहिले त प्रतियोगितामा समेत सहभागिता जनाउन लागेको उनले बताएका छन् । ९ वर्षिय शाहले आफुलाई चेस असाध्यै मनपर्ने बताए । बुद्धिचाल संघ (चेस एशोसियसन) बाँकेका अध्यक्ष धनराम वलीले बाँकेमा चेसप्रति क्रेज बढेको बताएका छन् ।


धनराम वली, अध्यक्ष, बुद्धिचाल एशोसियसन बा“के

चेस अति नै राम्रो खेल हो । तर हामी कहा“ यसको प्रयोग खासै भएको पाईदैन । छिटफुटरुपमा कसै कसैले घरमै खेलेको भने देखिन्छ । यो खेल हो र यसबाट पनि खेलक्षेत्रमा आफ्नो नाम स्थापित गर्न सकिन्छ भन्ने परेको छैन । तर अब हामी यसलाई स्थापित गर्नतिर लाग्दैछौं । जिल्ला बुद्धिचाल संघले सक्रियतापूर्वक यो खेललाई लैजाने योजना बनाएको छ । हामी सक्रियतापूर्वक काम गरिरहेका छौं । श्रम र ठुलो लगानी पनि गर्न नपर्ने भएकाले यो खेल सबैको साझा बन्न सक्छ । त्यसैले हामीले स्थानीय तहसम्म पु¥याउन लागिपरेका छौं । यो खेलको आफ्नै महत्व छ । स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा चेसका खेलहरु भइरहन्छन् । त्यसमा सहभागि भएर खेलक्षेत्रमा नाम मात्र होइन पैसा कमाउन पनि समय लाग्दैन । त्यसका लागि हामीले माहोल बनाउन जरुरी रहेको छ । हामी त्यसतर्फ लागेका छौं ।

 

प्रकाशित मितिः शनिबार, मंसिर २२, २०७५     7:44:21 PM