औषधी पसलको बिमा अनिवार्य गरिदै

बाँके : औषधी पसलहरुलई अनिवार्य बिमा गराउने बिषयमा छलफल सुरु भएको छ । औषधी बिक्रेता संघ भेरीले औषधी पसलहरुको बिमा गरी सम्भावित भवितव्यको घटनाबाट क्षती भरपाई हुने भएकाले बिमा अनिवार्य गर्न लागेको हो ।
व्यवसायीहरुले बिमा गर्न हेलचेक्राई गरेको पाईएको छ । बिमा नगर्दा भवितव्य भई हुने आगलागी जस्ता घटनाहरुबाट क्षतीपुर्ती समेत पाईदैन । एकातिर सम्बन्धित धनी यसबाट पीडित हुन्छन् भने अर्कोतर्फ उनीहरुसंग जोडिएका होलसेलरहरु । औषधी बिक्रेता संघ भेरीका सदस्य प्रदिप गुप्ताले बिमालाई औषधी व्यवसायी माझ कसरी अनिवार्य गर्न सकिन्छ भन्ने बिषयमा बृहद छलफल भएको बताएका छन् ।
‘  नत्र बिमा नगरेका व्यवसायीहरु माथि कुनै घटना घट्यो भने त घर न घाटको हुने अवस्था आउने भयो ।’ गुप्ताले भने । त्यस्तो अवस्था आउन नदिनका लागि पहिल्यै सचेत बन्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५     7:49:21 AM