बाँकेमा सहकारी मार्फत दैनिक साढे ८ हजार लिटर दुध उत्पादन

बाँके :  बाँकेमा रहेका सहकारीहरुले दैनिक ८ हजार ५ सय लिटर दुध उत्पादन गर्ने गरेको पाईएको छ । आईतबार नेपालगन्जमा सम्पन्न जिल्ला सहकारी संघ लिमिटेड बाँकेको २७ औं बार्षिक साधारणसभामा अध्यक्ष प्रेम प्रसाद सुवेदीले उक्त जानकारी दिएका छन् ।
दुधमा जिल्लालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपूर्ण भुमिका खेलेको सुवेदीले बताए । बाँकेमा ४ सय ९ सहकारी संस्था रहेका छन् । यि सहकारीमा १ लाख ६५ हजार सदस्य रहेका छन् । यि सहकारी मार्फत ३ हजार २ सयलाई प्रत्यक्ष रोजगारी मिलेको छ । सहकारीले मल, बिउ बिक्री, ताजा सरकारी, मसला, उत्पादन लगायतका व्यवसाय सन्चालन गर्दै आएका छन् ।
दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ सुरु भएको २७ औं बार्षिक साधारणसभाको अध्यक्षता संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले गरेका थिए । साधारणसभाको उद्घाटन राष्टिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यष्क्ष मिनराज कडेलले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५     9:44:29 PM