स्मार्ट सिटी के हो ?

हेमन्त बराल

जनतासंग प्रत्यक्ष सरोकार भएका सरकारी काम कारवाहीहरु छिटो, छरितो र पारदर्शी ढंगले सबैले अनुभव गर्न सक्ने गरी सूचना संचार र प्रविधिको माध्यमबाट स्थापित भएको सुव्यवश्थित कार्य प्रणाली भएको व्यवस्थित शहरलाई स्मार्ट सिटी भनिन्छ ।

डिजिटल क्रान्ति— सूचना प्रविधि यूगको शुरुवात
(Digital Revolution – Beginning of Information Era)
ईश्वी सम्वत १९४७ मा ट्रान्जिस्टरको आविश्कार भए संगै एनालग ईलेक्ट्रिक तथा मेकानिकल डिभाईसेसहरुम ाभएको क्रमिक सुधार तथा परिवर्तन स्वरुप शुरु भएको डिजिटल क्रान्ति ई.स. १९५०—६० को दशकमा कम्प्युटरको आविश्कार तथा ई.स. १९८० देखि कम्प्युटरको व्यवसायिक प्रयोग व्यापक प्रयोग हुन थाले पछि सूचना प्रविधियूगको शुरुवात भएको
मानिन्छ । ई.स. १९९० देखि शुरु भएको ईन्टरनेटको सेवा, ई.स. १९९६ मा आईपुग्दा व्यवसाय संचालनको एक अभिन्न अंग बनिसकेको थियो । ई.स. २००० मा आईपुग्दा दिन दुगुना रात चौगुनाको हिसाबले ईन्टरनेटको प्रयोगकर्ताहरुकोे वृद्घिहुनाको साथै मोबाईल फोन सबैका लागि अपरिहार्य बन्न थालिसकेको थियो । साथै सोहि दौरानमा भएको एनालग टेलिभिजन डिजिटलमा परिवर्तन भएसंगै विकसित मुलुकहरुमा सहि मानेमा डिजिटल क्रान्तिको अनुभव गर्न सकिन्छ ।

ई.स. २०१० मा आईपुग्दा विश्वका लगभग २५ प्रतिशत जनसंख्याले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा ईन्टरनेटको तथा७० प्रतिशतले मोबाईल फोनको प्रयोग गर्न थालेको पाईन्छ ।
आजको दिनसम्म आईपुग्दा हिजोको डेक्सटप कम्प्युटर तथा तार सहितको ईन्टरनेट सेवा, आजल्यापटप, ट्याब्लेट हुंदै स्मार्ट फोनमा परिवर्तित भै सम्पूर्ण सेवा सुविधाहरु यसै मार्फत संसारको कुनै पनि कुनामा बसेर ताररहित ईन्टरनेट सेवाको प्रयोग गरी संचालित हुन थालेका छन ।
साथै ई.स. २००६ मा एमेजन, २००८ मा गुगलतथा २०१० मा माईक्रोसफ्टले शुरु गरेको क्लाउड कम्प्युटिङ्को सेवा संगसंगै अब अनप्रिमिसेसमा धेरै खर्चगरि कम्प्युटर हार्डवेयर, नेटवर्क तथा सफ्टवेयर खरिद गरी एकै ठाउंमा बसेर सूचनाप्रविधिको सेवा संचालन गर्नुपर्ने बाध्यता हटेर गएको छ । आजको दिनसम्म आईपुग्दा यहि क्लाउड कम्प्युटिङ सेवाको उच्चतम विकास तथाप्रयोगका कारण अब सम्पूर्ण सूचना प्रविधि ईन्टरनेट अफथिंग्स का रुपमा विकसित भएको छ ।

Internet of Things (IoT)के हो ?

प्रायजसो दैनिकजिवनमा सरोकार राख्ने क्षेत्रहरु (जस्तो घरायसीप्रयोजन, बैंक, सरकार, यातायात, कृषि, शिक्षा, स्वास्थ्य, उर्जा आदि) का सेवाहरु अब क्लाउड कम्प्युटिङ तथा ईन्टरनेटका माध्यमबाट एकैठाउंमा एकितृत भै उपलब्धहुने प्रणालीलाई ईन्टरनेट अफथिंग्स भनिन्छ । उक्तक्षेत्रहरुमा प्रयोग भएका हार्डवेयर, सफ्टवेयर, सेन्सर तथा नेटवर्किङहरु अब एउटै छातामुनि एकआपसमा कनेक्टेड भै सम्पूर्ण सेवाहरु सिंगल विण्डो मार्फत संचालितहुनेछन । यसैको व्यवश्थित तथा वैज्ञानिक प्रयोग द्वारा स्मार्ट सिटीको अवधारणा विकास हुनेछ ।
स्मार्ट सिटीको अवधारणाको विकास तथा वैज्ञानिक प्रयोग संगै अब सर्वसाधारण तथा सरकारलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधाहरु जस्तोः
१.विजुली तथा पानीको स्मार्ट मिटर (घरमा भएको मिटर डिजिटल हुनुका साथै विजुलीतथाखानेपानी अफिसबाट डाईरेक्ट एक्सेस गरी उपभोक्तालाई डिजिटल विलिङ पठाउने)
२. ईन्टिलिजेन्ट ट्राफिक म्यानेज्मेन्टः बाटोमा रहेका हरेक ट्राफिक लाईट्स, सिसिटिभि तथा नोटिफिकेशनको सिस्टम डिजिटल माध्यमबाट कन्ट्रोल तथाउपलब्धहुने ।
३. स्मार्ट लाईसेन्सः यस प्रणाली अनुसार सवारी साधान, सवारी धनीतथा संचालकको सम्पूर्ण विवरण चिप्स कार्डमा समावेश हुनेछन । लाईसेन्स कहिले एक्स्पायर हुने, सवारी कर कहिले सम्म तिरेको छ, ट्राफिक नियममको उल्लंघन गरेको छ छैन आदिको विवरण यसै कार्डमा समावेश गरिनेछ र सो को विवरण यातायातव्यवश्थाकार्यालय तथा ट्राफिक, पुलिस कार्यालयमालिंकहुनेछन ।
४. नेशनलआईडिः यसमाप्रत्येक नागरिकको तीनपुस्ते विवरण, ठेगाना, अध्ययन, पारिवारिक विवरण, जन्म, विवाह, मृत्यु, बसाईं सराई आदि सम्पूर्ण कुराको जानकारी रहनेछ र सोहि विवरण लाई निर्वाचन प्रणालीतथा सम्पूर्ण सरकारी कामकारवाहीमा लिंक्डअप गरिनेछ ।
५. बैंक कार्डः व्यक्तितथा संस्थाको सम्पूर्ण आर्थिक विवरण, नगद मौज्दात, क्रृण विवरण, सेयर कारोबार आदिव्यवहोरा समावेश हुनेछन ।
६. डिजिटल हेल्थ कार्ड तथा हेल्थ सर्भिसः यस अन्तरगत हरेक व्यक्तिको स्वास्थविवरण तथा स्वास्थ्य क्षेत्रबाट पाएको तथालिएको स्वास्थ्य सुविधाको विवरण राखिनेछ ।
७. डिजिटल ट्राभल कार्डतथा सर्भिसः यस अन्तर्गत प्रत्येक यात्रीको विवरण तथायात्राशुल्क समावेश गरी हरेक पटक यात्रागर्दा टिकट काट्नु पर्ने झंझट बाट मुक्तहुनेछन । र यात्रागर्दा ठगिने कार्य सधैको लागिबन्दहुनेछन ।
८. स्मार्ट फ्यूल कार्डः यस अन्तर्गत सेवाग्राहि, सेवाप्रदायक संस्था –फ्यूलपम्प संचालक, आयलनिगमतथा सम्वन्धित सरकारी निकाय हरु समावेश हुनेछन । यसको प्रयोग बाट ईन्धनआपुर्ति व्यवश्थितहुनुका साथै पम्पले कम ईन्धनदिई ठगी गर्ने कार्य तथा ईन्धनको सप्लाई तथाआपुर्ति सिस्टमेटिक रहन्छ ।
९. स्मार्ट शिक्षाः यस प्रणाली अनुसार देशभरका सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थीको रेकर्डहरु केन्द्रीकृत गरिनेछ, जसबाट हरेक विद्यार्थीको प्रगती विवरण एउटै छातामुनी उपलब्धहुनेछन । साथै शिक्षालाई डिजिटल प्रणालीमा परिवर्तन गरी पुस्तकको भारी झोला बोकी विद्यालयजाने परिपाटीको अन्त्यहुनेछ ।
१०. स्मार्ट कृषितथा सिंचाईः यसको प्रयोगले बाह््रैमासा बेमौसमी खेतीको शुरुवात भै अरुसंगको आत्मनिर्भरताको अन्त्यहुनेछ । बजार व्यवश्थापनलगायतउब्जनीको सही सदुपयोग भै कृषकको जिवनस्तर माथि उठ्नेछ । सिंचाईको प्रभावकारी व्यवश्थापनहुनेछ ।
११. स्मार्ट ईनर्जीः यसमा पानीबाट निकालीएको बिजुलीको उच्चतम व्यवश्थापनका साथै सोलार र हावाबाट उत्पादिन विजुलीलाई नेशनल ग्रीडमा जोडी उचितव्यवश्थापन गरी सदाको लागिलोड सेडिङको अन्त्यहुनेछ ।
१२. स्मार्ट पर्यटन\सम्पदाः पर्यटकिय दृष्टिकोणले उच्चप्राथमिकतामा परेका हरेक क्षेत्रलाई जि.आई.एस तथाजि.पि.एसको प्रयोग गरी एप्लिकेशनमार्फत हरेक पर्यटकको मोबाईलमा जानकारी उपलब्ध गराईनेछ । जसले पर्यटन विकासमा उच्चतम लाभ दिनेछ ।
यसका अलावा सम्पूर्ण सरकारी निकायका कामकारवाही डिजिटल प्रणालीमा परिवर्तन गरी ई–गभर्नेन्सको माध्यम द्वारा जनतालाई छिटो, छरितो र पारदर्शी हिसाबले उपलब्ध गराउनुको साथै जनतालाई अनावश्यकदुखदिने कार्यको अन्त्यहुनेछ । साथै फोहोर व्यवश्थापन, प्रदुषण रहित सुन्दर शहर, बाटोघाटो, घरनक्शा, कर प्रणाली समेतलाई डिजिटल रुपमाएकआपसमा कनेक्टेड भै सुव्यवश्थित सरकार संचालनतथा सुविधासम्पन्ननागरिक भै आनन्दपुर्वक जिवनयापन गर्न मद्दतमिल्नेछ ।

( लेखक बराल Smart City Specialist हुन । 

MSc. in Network Security, UK

www.hemantabaral.com.np

Mobile: 9843067142

Email: hemanta.baral@gmail.com

मध्यपश्चिम सन्देश दैनिकको सूचना प्रविधि बिशेषबाट)

प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५     1:40:46 PM