बाँकेमा मिसन मसुरो : नतिजा शुन्य, कार्यक्रम गायब

बाँके :  सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम  (ओभीओपी) कार्यक्रम अर्नगत मिसन मसुरो बाँकेमा हराएको छ । प्रदेश र स्थानीया तह मध्ये कस्ले कार्यक्रम सन्चालन गर्छ भन्ने अन्यौलता त छ नै बिगतमा सन्चालन भएको कार्यक्रमको नतिजा कस्तो छ भन्ने समेत कसैले सोधीखोजी गरेको छैन ।
दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द छ । कार्यक्रम बन्द भएपछि उक्त कार्यक्रम अन्र्तगत कृषि सहकारी संस्थालाई मसुरो उत्पादनका लागि बितरण गरिएका कृषि सामाग्री कुन अवस्थामा छन् र ती कृषकहरुले कस्तो काम गरिरहेका छन् भन्ने जानकारी समेत लिईएको छैन । बाँकेमा २० लाख खर्च भएको अनुमान छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ सदस्य सचिव रहने जिल्ला स्तरिय समितिमा कृषि विकास कार्यालय, सहकारी बिभाग, जिल्ला विकास समितिको प्रतिनिधित्व हुने गरेको थियो । सोही समितिले कृषि सहकारी छनौट गरी कार्यक्रम दिने गरेको थियो । बाँकेमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत मसुरो खेतीलाई छनौट गरिएको थियो । माटो सुहाउँदो खेती भएकाले मसुरो उत्पादन बृद्धि गरी स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्य राखिएपछि उक्त लक्ष्य पाउनका लागि गरिएको लगानीले शुन्य नतिजा दिएको छ ।
उक्त कार्यक्रमको सदस्य सचिवका रुपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यालय प्रमुख अजयसिंह सिजापतिले बजेट नआएपछि दुई वर्षअघि देखि कार्यक्रम बन्द अवस्थामा रहेको बताए । देशमा राज्य पुर्नसंरचना भई कृषि विकास कार्यालय, सहकारी डिभिजन र जिल्ला विकास समिति खारेज भई नयाँ संरचनामा गएपछि पनि कार्यक्रम अघि बढ्न नसकेको हो । सिजापतिले अब यो कार्यक्रम कसरी सन्चालन हुन्छ भन्ने अन्यौलमा रहेको बताए । बाँकेमा कृषकहरुलाई यस कार्यक्रम अन्र्तगत मसुरोको बिउँ, हाते ट्याक्टर जस्ता कृषि सामाग्री दिएको थियो । उक्त सामाग्रीको प्रयोगको अवस्था के छ भन्ने अहिलेसम्म चासो दिईएको छैन ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५     8:53:11 AM