स्थानीय तहसंगै गाउँ पुगे बैंक

बाँके : स्थानीय तहसंगै बैंक तथा बित्तियक्षेत्रहरु गाउँ— गाउँ पुगेका छन् । भौगोलिकरुपमा बिकट रहेको कर्णाली प्रदेशका अधिकांस स्थानीय तहमा बैंक पुगेको राष्ट्र बैंक नेपालगन्जका निर्देशक बिमलराज खनालले जानकारी दिए । स्थानीय तहको निर्वाचन लगत्तै केन्द्र तहबाट कुन बैंक कुन स्थानीय तहमा जाने भन्ने निर्णय भइसकेको थियो ।
उक्त निर्णय राष्ट्र बैंक नेपालगन्ज कार्यालय अन्र्तगतका जिल्लाहरुमा कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंक नेपालगन्ज कार्यालय अन्र्तगत प्रदेश नम्बर ५ को बाँके, बर्दिया, दांग, रुकुम र कर्णाली प्रदेशका सबै जिल्ला पर्छन । कर्णाली प्रदेशका केही स्थानीय तह बाहेक अन्यत्र सबै स्थानीय तहमा बैंक पुगेको निर्देशक खनालले नेपालगन्ज विजनेशलाई जानकारी दिए ।
कर्णाली प्रदेशमा ७९ स्थानीय तह अन्र्तगत अब १६ वटा स्थानीय तहमा मात्र बैंक पुग्न बाँकी छ । भौगोलिक रुपमा बिकट, सन्चार र सडकको पहुँच नभएका ठाउँमा समेत बैंकहरु गाउँ पुगेका छन् । खनालका अनुसार गाउँ पुगेका बैंकहरुका लागि इन्टरनेट सुविधा सबैभन्दा ठुलो चुनौती देखिएको छ । बैंकको अधिकांस काम इन्टरनेटकै माध्यमबाट गर्नुपर्ने तर धेरै जसो स्थानीय तहमा इन्टरनेट भएकाले काममा समस्या भइरहेको गुनासो सम्बन्धित बैंकका प्रबन्धकहरुले पोख्ने गरेका छन् । ‘यद्यपी समस्याका बाबजुत पनि शाखा बिस्तार र काम धमाधम भइरहेको छ ।’— खनालले भने ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५     3:01:09 PM