व्यवसायिक सफलतामा सूचना प्रविधि

उपमा रेग्मी, कोषाध्यक्ष क्यान महासंघ, बाँके

सूचना प्रविधिको विकाससंगै नेपालमा यसको प्रयोग बढ्दै गएको छ । नयाँ सोंच र प्रविधिको ज्ञान भएका व्यक्तिहरुले व्यवसायमा छोटो समयमा नै सफलता पाएका छन् । प्रविधिको प्रयोगले व्यवसायिक जिवन सहज बनाउँछ । सूचना प्रविधिको प्रयोग गरेर व्यवसाय गर्दा एउटा सानो संोचबाट नै धेरै ठुलो व्यवसाय गर्न सकिन्छ । बिश्वभरी चर्चित संसारको सबैभन्दा ठुलो खुद्रा बिक्रेता अलिबाबा जसको कुनै वेयर हाउस नै छैन ( जसले कुनै पनि उत्पादन आफै गर्दैन ) । जससंग आफुसंग केही पनि छैन । नत उत्पादन नत गोदाम नै । त्यसको कम्पनी आज बिश्वको सबैभन्दा ठुलो बिक्रेता बन्न सफल भएको छ । मात्र एउटा सोंचले त्यो सम्भव भएको हो । त्यो सोंचलाई सूचना प्रविधिले सार्थकता दिएको हो ।
अमेरिका पुगेका एक चिनिया नागरिकलाई सांझ आफुले ‘बियर’ खान मन लाग्छ । त्यो अनलाईनबाट प्राप्त हुन्छ भन्ने नयाँ कुरा थाहा हुन्छ । जुन उनको देशमा त्यसअघि थिएन । उनले अनलाईनमा आफ्नो देशमा चर्चित रहेका बियरको ब्राण्ड सर्च गरे । तर त्यहाँ उनले भेटाएनन् । उनको मन खिन्न हुन्छ । बिश्वको जुनसुकै ठाउँमा भए पनि हरेक व्यक्तिले आफुले चाहेको कुरा पाउनुपर्छ, त्यो पनि अनलाईनको माध्यमबाट भन्ने उनलाई पर्यो । त्यसपछि उनको दिमागमा आयो अलिबाबा अनलाईन कम्पनी । ती चिनिया नागरिक स्वदेश फर्किए । त्यहाँ उनले अलिबाबा अनलाईन कम्पनी सुरु गर्न थाले । तर बाधक बन्यो सरकार । निकै जोडबल पछि मात्र सरकारले अनुमति दियो । जुन अहिले बिश्वकै सबैभन्दा ठुलो अनलाईन कम्पनी बन्न सफल भएकोछ ।
यसरी नै सूचना प्रविधिको प्रयोगले ‘उबर’ पनि संसारकै ठुलो ट्याक्स कम्पनी हो । जससंग एउटा पनि ट्याक्सी छैन । यति मात्र होइन ‘एयरबेन्ट’ संग नत घर छ नत जग्गा तर बिश्वकै ठुलो घरजग्गा कम्पनी हो । झट् सोंच आउन सक्छ, यि कम्पनी सबैभन्दा ठुलो कम्पनी कसरी बने ? हो यिनी सबै कम्पनीहरुले दिने सेवा र बस्तुलाई सूचना प्रविधिसंग जोडर आफ्नो व्यवसाय सन्चालन गरे यस अर्थमा सूचना प्रविधिले नै यो सम्भव भएको हो ।  हाल नेपालमा पनि सूचना प्रविधिको प्रयोग निकै बढेको पाईएको छ । सूचना प्रविधिको मेरुदण्ड इन्टरनेटलाई मानिन्छ । इन्टरनेट सेवाप्रदायकले आफ्नो सेवा दिनप्रतिदिन थप्दै शहरबाट गाउँसम्म पु¥याउन लागिरहेका छन् । यसले सूचना प्रविधिको क्षेत्रमा ठुलो अवसर सिर्जना गरेको छ । यतिखेर नेपालमा बिशेषगरी सफ्वेयर एप्स, सर्भर, प्रोग्रामिगं, वेयभ विकास , क्लाउड लगायतका क्षेत्रमा निकै ठुलो अवसर छ । सूचना प्रविधिको ज्ञान भएका व्यक्तिहरुका लागि निकै ठुलो सम्भावना देखिन्छ । हार्डवेयर भन्दा पनि सफ्वेयर र सिस्टममा आधारित व्यवसाय गर्नाले निकै ठुलो मुनाफा कमाउन सकिन्छ । सूचना प्रविधिको व्यवसाय गर्ने सोंच भएका नया व्यवसायलाई बिभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन् । बैंक तथा बित्तिय संस्थाले सूचना प्रविधिका लागि अलग लगानी नगरेपनि कम्पनीको सम्भावनालाई हेरेर लगानी गरेका छन् ।
नेपालमै पनि ई—सेवाले सुचना प्रविधिको क्षेत्रमा निकै ठुलो फड्को मारेको छ । बिभिन्न खालका ई—पेमेन्ट सजिलै सम्भव भएको छ । ई सेवाको प्रयोग दिनप्रििदन बढेको छ । बैंक तथा बित्तिय क्षेत्रले पनि सूचना प्रविधिलाई आफ्नो व्यवसायमा लागु गरिसकेका छन् । इन्टरनेटको बिस्तारसंगै सूचना प्रविधिको प्रयोग निकै बढेको छ । जनस्तरमा सूचना प्रविधिले जनजिवन सहज बनाएको छ । त्यसैले सूचना प्रविधिलाई धेरै चासोका साथ हेरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५     6:06:13 PM