बृहद सरसफाईमा सहभागि हुन प्याब्सन नेपालगन्ज नगर कमिटिको आग्रह

बाँके : शनिबार नेपालगन्जमा हुने बृहद सरसफाई कार्यक्रममा नेपालगन्जका प्याब्सन आवद्ध बिद्यालयहरुले सहभागिता जनाउने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका प्याब्सन आवद्ध बिद्यालयलाई उक्त सरसफाई अभियानमा सहभागि आग्रह गरिएको प्याब्सन नगर कमिटिका सचिव मानबहादुर थापाले जानकारी दिएका छन् ।
प्रत्येक वडाबाट शुरु हुने सरसफाई अभियान त्रिभुवनचोकमा पुगेर बृहदरुपमा समापन हुने छ । उक्त सामाजिक कार्यमा सहभागिता जनाउनका लागि प्याब्सन आवद्ध बिद्यालयलाई आग्रह गरिएको प्याब्सन नगर कमिटि सचिव थापाले जानकारी दिए । उनले भने,—‘सामाजिक उत्तरदायित्व बहनका लागि कार्यक्रममा सहभागि हुँदैछौं । नगर सरसफाई हामी सबैको दायित्व पनि हो ।’ नेपालगन्ज उद्योग वाणिज्य संघ, इम्प्रोक लगायतको अगुवाईमा बृहद सरसफाई अभियान सुरु हुन लागेको हो ।

प्रकाशित मितिः बिहिबार, मंसिर २७, २०७५     12:45:52 PM