पशुपतिदयाल मिश्र : उद्यम, राजनीति र समाजसेवामा संधै सक्रिय

पशुपतिदयाल मिश्र

बाँके – उद्यम, राजनीति र समाजसेवा समाजका सबै भन्दा ठुला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगन्जका पशुपतिदयाल मिश्र जो उद्यम, राजनीति र समाजसेवामा अब्बल छन् । तीनवटै क्षेत्रमा उनको नाम अगाडी नै आउँछ । हरेक नेताले सम्बृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने निष्कर्ष छ, उनको । त्यही कारणले उद्योग क्षेत्रलाई उनले छाड्न सकेका छैनन् । चन्दा लागि अरुको टाउको दुखाई दिनुपर्ने राजनीति कति दिनसम्म चल्छ ? पक्कै चल्दैन । त्यसकारण सकेसम्म आर्थिक रुपमा परिपक्क बन्नका लागि कुनै न कुनै उद्यममा लाग्नुुपर्ने तर्क छ उनको ।
‘तपाईलाई मैले खुवाएको चियाको पैसा तपाईबाटै तिराउनुपर्ने अवस्था भयो भने मेरो राजनीति कसरी चल्छ ?’पशुपति दयाल मिश्रले भने–‘आफु र अरुलाई एक कप चिया खुवाउनैका लागि भए पनि हरेक नेताले कुनै न कुनै उद्यम गर्नैपर्छ ।’ गाउं, घरको झुपडीमा जन्मिएको, नाङ्गै खुट्टा स्कुल पढ्न गएको अनि शहरमा निकै दुःख झेलेको राजनीतिक पृष्ठभुमी भएका नेताहरुले जनताबाट धेरै प्रसंशा बटुल्छन् । तर जब यस्ता नेताहरु निर्वाचन जित्छन् तब उनीहरुको जिवन शैलीमा ब्यापक परिवर्तन हुन्छ । उनीहरु आफुले दुःख झेलेको गाउंलाई बिर्सिने गरेका छन् ।


‘बुवा पनि गाविस अध्यक्ष हुनुहुन्थ्यो । गाउंमा हाम्रो राम्रै सम्पत्ति भएकाले आर्थिक समस्या झेल्नुपरेन् ।’ मिश्रले भने–‘तर पुख्र्यौली सम्पत्तिको घमण्ड मलाई कहिल्यै भएन् ।’ आमा राजपति मिश्रा र बाबु मिश्रीलालका छोरा पशुपतिदयालले सानैदेखि केही गर्नुपर्छ भन्ने सोच राख्थे । त्यही सोचकैकारण उनी अहिले हरेक क्षेत्रमा सफल बनेका छन् ।  त्यो राजनैतिक होस् चाहे समाजसेवा, हरेक दृष्टीकोणबाट जिल्लामा औंलामा गनिनेमा उनको नामपनि अगाडीनै आउंछ ।


तर यि र यस्ता खाले नेताहरुको प्रवृतिबाट आफु टाडा रहेको उनी बताउँछन् । ‘सबैलाई त भन्दिन तर अधिकांश नेताहरु राजनीतिलाई पैसा कमाउने माध्यम बनाइरहेका छन् ।’ मिश्रले भने–‘ त्यसबाट टाढा रहनका लागि म ब्यापार ब्यवसायमा संलग्न भएको हु“ ।’
बांके हिरमिनिया गाविस–१ का स्थानीय बासिन्दा मिश्रले राजनीतिक जिवनको आरोह अवरोह देखेका छन् । तर सफलताबाट मात्तिने र असफलताबाट आत्तिने गरेका छैनन् । गत वर्षको चुनावमा उनी बाँके क्षेत्र नम्बर २ बाट पराजित भए । तै पनि आफु जनता माझ नै रहेको उनले बताए । आज सम्म आईपुग्दा उनले परिवारको अभिभावक देखि राजनीतिक अगुवासम्मको भुमिका निर्वाह गरिरहेका छन् । जिल्ला विकास समिति बांकेको सभापति भइसकेका मिश्र हाल नेपालगन्जको प्रतिष्ठित कर्णाली विकास बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाली रहेकाछन् । ओम प्लाईको प्रबन्ध निर्देशक हुन ।
मिश्र मुख्य गरी राजनैतिक, आर्थिक र समाज सेवामा सक्रिय छन् । युवा अवस्थामा उनी सरकारी जागिरे पनि भए । जिल्ला विकास समितिको प्राविधिक पदमा जागिर पनि खाए मिश्रले । गाउंमा खानदानी घरपरिवारका हुन् उनी । त्यसकारण आर्थिक समस्यासंग कहिल्यै जुझ्नु परेन उनलाई ।
‘बुवा पनि गाविस अध्यक्ष हुनुहुन्थ्यो । गाउंमा हाम्रो राम्रै सम्पत्ति भएकाले आर्थिक समस्या झेल्नुपरेन् ।’ मिश्रले भने–‘तर पुख्र्यौली सम्पत्तिको घमण्ड मलाई कहिल्यै भएन् ।’ आमा राजपति मिश्रा र बाबु मिश्रीलालका छोरा पशुपतिदयालले सानैदेखि केही गर्नुपर्छ भन्ने सोच राख्थे । त्यही सोचकैकारण उनी अहिले हरेक क्षेत्रमा सफल बनेका छन् । चाहे त्यो राजनैतिक होस् चाहे समाजसेवा, हरेक दृष्टीकोणबाट जिल्लामा औंलामा गनिनेमा उनको नामपनि अगाडीनै आउंछ ।


राजनीतिक र आर्थिक क्षेत्रसंगै विकास निर्माणका काममा पनि सक्रिय छन् उनी । नेपालगन्जमा हुने विकास निर्माण सम्बन्धि योजनाहरु कार्यान्वयन गराउन उनी लागिपरेका छन् । नेपालगन्ज विश्वविद्यालय बनाउनुपर्छ भन्ने अभियानमा महत्वपुर्ण भुमिका रह्यो । राप्तीपारी बघौडाको समस्या पहिलो पटक मिश्रले नै उजागर गरेका थिए । ‘२०५४ सालतिर हामीले काठमाडौंमा गएर राप्तीपारी बघौडामा नेपाली पैसा चल्दैन भनेर पत्रकार सम्मेलन गरेका थियौ ।’ मिश्रले भने–‘त्यसपछि राज्यको ध्यान राप्तीपारी पुगेको हो ।’


२०४४ सालसम्म मिश्र जिल्ला विकास समिति बांकेमा जागिरे थिए । जिविसमा हुने राजनैतिक गतिविधिले उनलाई लोभ्यायो । जागिरतिर फिटिक्कै मन गएन् । राजनीतिमा लाग्नका लागि उनले जागिर छाड्े । त्यसपछि उनी त्यसबेलाको हिरमिनिया गाउं पंचायतमा प्रधानपंचमा उम्मेदवार दिए । तर झिनो मतले पराजित भए । पराजित हुनुको कारण थियो, कालाबन्जारमा भएको आगलागी । बुबा र आफ्नो समेत पकड रहेको उक्त ठाउंमा निर्वाचनकै बेला आगलागी भएपछि त्यहांका मतदाता निर्वाचनमै सहभागि भएनन् । जसका कारण मिश्र पराजित भए ।
‘मैले पहिलो निर्वाचनमै हार ब्यहोरें’ मिश्रले भने–‘तर पनि राजनीतिबाट हार खाइन ।’ मिश्र त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय
भए । २०५२ सालमा नेपाली कांग्रेस बांकेका हस्तिहरु पराजित हुंदा मिश्रले महाधिवेशन प्रतिनिधि जिते । २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्ष निर्वाचित भए । २०५५ सालमा बिभिन्न काँग्रेस, एमाले , राप्रपा लगायतका दलका उम्मेदवार बिरुद्ध उनी एक्लै चुनाव लडे । झिनो मतले पराजित भए । मिश्र गाविस महासंघको जिल्ला अध्यक्षमा निर्वाचन जिते । राजपा हुँदै उनी यतिबेला स्वतन्त्र राजनीतिक समूहमा सक्रिय छन् ।  सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय सदस्य भए ।


नेपालगन्जको विकासका लागि मिश्रले ठुलो सपना देखेका छन् । उनले नेपालगन्जलाई विकासले भरिभराउ बनाउन चाहान्छन् । त्यसकालागि मिश्रले जस्तो सुकै योगदान गर्न पनि तयार रहेको बताउंछन् । ती सपना राजनैतिक इच्छा शक्तिबिना पुरा नहुने उनको ठम्याई छ । ‘नेपालगन्जका नेताहरुले काठमाडौंसंग पहुंच विस्तार गर्न सकेका छैनन् । जसको पहुंच छ उसले यहांको विकासका लागि ध्याननै दिएका छैनन् ।’–मिश्रको गुनासो छ ।


राजनीतिक यात्रासंगै आर्थिक क्षेत्रमा पनि मिश्र उत्तिकै सक्रिय छन् । सरकारी गागिरे हुंदै मिश्रले काठको ब्यापार पनि गरे । मध्यपश्चिमकै पहिलो सहकारी वित्तिय संस्था स्थापना गरे । त्यसै गरी यस क्षेत्रकै पहिलो विकास बैंक कर्णाली विकास बैंक खोले । कुनै बेला मिश्रकै लगानीमा संचालन भएको ‘गुड मर्निङ्ग दुध’ पनि नेपालगन्जमा चलेको थियो । संचार क्षेत्रमा पनि मिश्रको लगानी छ । रेडियो बागेश्वरी एफएमका संचालक हुन् मिश्र ।
राजनीतिक र आर्थिक क्षेत्रसंगै विकास निर्माणका काममा पनि सक्रिय छन् उनी । नेपालगन्जमा हुने विकास निर्माण सम्बन्धि योजनाहरु कार्यान्वयन गराउन उनी लागिपरेका छन् । नेपालगन्ज विश्वविद्यालय बनाउनुपर्छ भन्ने अभियानमा महत्वपुर्ण भुमिका रह्यो । राप्तीपारी बघौडाको समस्या पहिलो पटक मिश्रले नै उजागर गरेका थिए । ‘२०५४ सालतिर हामीले काठमाडौंमा गएर राप्तीपारी बघौडामा नेपाली पैसा चल्दैन भनेर पत्रकार सम्मेलन गरेका थियौ ।’ मिश्रले भने–‘त्यसपछि राज्यको ध्यान राप्तीपारी पुगेको हो ।’
नेपालगन्जको विकासका लागि मिश्रले ठुलो सपना देखेका छन् । उनले नेपालगन्जलाई विकासले भरिभराउ बनाउन चाहान्छन् । त्यसकालागि मिश्रले जस्तो सुकै योगदान गर्न पनि तयार रहेको बताउंछन् । ती सपना राजनैतिक इच्छा शक्तिबिना पुरा नहुने उनको ठम्याई छ । ‘नेपालगन्जका नेताहरुले काठमाडौंसंग पहुंच विस्तार गर्न सकेका छैनन् । जसको पहुंच छ उसले यहांको विकासका लागि ध्याननै दिएका छैनन् ।’–मिश्रको गुनासो छ ।
राजनीति, आर्थिक र समाजसेवालाई संगसंगै लिएर अघि बढेका मिश्र आफुले जिवनमा पाएका सफलतादेखि धेरै खुसी छन् । केही गर्नका लागि रिस्क मोल्न तयार मिश्र भन्छन–‘सम्पत्तिसंगै ऋण पनि त होला । केही गर्न र कमाउनका लागि रिस्क त मोल्नै प¥यो ।’ राजनीतिमा लागेकाको आर्थिक पक्ष सवल नहुंदा धेरै समस्या भएको भोगिरहेको देखेका छन् मिश्रले । ‘जबसम्म नेता आर्थिक, राजनैतिक र समाजिक दृष्टिकोणबाट सवल हुंदैन तबसम्म देश र जनताको विकास हुदैन ।’ मिश्रको सुझाव छ–‘ नत्र राजनीतिमा लागेपछि नेताहरु पैसा कमाउने बाटो रोज्छन्।’

प्रकाशित मितिः शनिबार, पुस २८, २०७५     9:49:34 AM