दिवाकर खनाल : घर फर्किएपछि होटल र लक्ष्मी फिल्म हललाई कम्पलेक्स बनाउँदै

सुविधा सम्पन्न खनाल होटल कम्पलेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । होटल केहीदिनमै शुभारम्भ गरिदैछ । होटलपछि खनालले लक्ष्मी चलचित्र मन्दिर भत्काएर त्यहाँ कम्पलेक्स बनाउने योजना बुनिरहेका छन् । त्यसको डिजाईन तयार भइसकेको  छ । लक्ष्मी चलचित्र मन्दिर सबैभन्दा पुरानो फिल्म हल हो । यो खनालको आफ्नै हो । ‘जग्गा सम्बन्धी केही समस्या छ । त्यो हल हुने बित्तिकै काम सुरु हुन्छ ।’ खनालले भने–‘फिल्म हल सहितको अत्याधुनिक सुविधा सम्पन्न कम्पलेक्स बनाउँछौ ।’ त्यसको लगात ईस्टिमेट तयार गरिदैछ ।

  • कमल डाँगी

नेपालगन्ज : बाँके, बर्दियाको सबैभन्दा पुरानो व्यापारिक घरानाका रुपमा परिचित दिवाकर खनालले नेपालगन्जमा होटल र कम्पलेक्सक्षेत्रमा लगानी थप्दै छन् । सुविधा सम्पन्न खनाल होटल कम्पलेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । होटल केहीदिनमै शुभारम्भ गरिदैछ ।
होटलपछि खनालले लक्ष्मी चलचित्र मन्दिर भत्काएर त्यहाँ कम्पलेक्स बनाउने योजना बुनिरहेका छन् । त्यसको डिजाईन तयार भइसकेको
छ । लक्ष्मी चलचित्र मन्दिर सबैभन्दा पुरानो फिल्म हल हो । यो खनालको आफ्नै हो । ‘जग्गा सम्बन्धी केही समस्या छ । त्यो हल हुने बित्तिकै काम सुरु हुन्छ ।’ खनालले भने–‘फिल्म हल सहितको अत्याधुनिक सुविधा सम्पन्न कम्पलेक्स बनाउँछौ ।’ त्यसको लगात ईस्टिमेट तयार गरिदैछ ।

धम्बोझी,सुर्खेतरोडमा निर्माण भएको खनाल कम्पलेक्स होटल सन्चालन पछि खनाल कम्पलेक्स बनाउनेतर्फ लाग्ने छ । रु २० करोड बढि लगातमा निर्माण भएको होटल सन्चालनपछि ३५ जना बढिले प्रत्यक्ष रोजगारी पाउने छन् । ‘निर्माणको काम अन्तिम चरणमा छ । केही दिनमै सन्चालन गर्छौ ।’–खनालले भने । पर्यटकलाई लक्षित गर्दै खनालले नेपालगन्जको होटल क्षेत्रमा लगानी गरेका हुन । ‘पश्चिम नेपालको पर्यटकियक्षेत्रमा घुम्न चाहानेका लागि यो ट्रान्जिट हो । यो शहरको धेरै सम्भावना देखेरै होटलमा लगानी गरेको हुँ ।’ खनालले भने,–‘यद्यपी राज्यले पूर्वाधार विकासमा र बजारिकरणमा स्वयं व्यवसायीले धेरै
गर्नुपर्नेछ ।’


दिवाकर खनालको व्यवसायीक सम्बन्ध निकै पुरानो छ । उनका जिजु हजुरबुवा सय वर्ष भन्दा पहिले गुल्मीबाट नेपालगन्ज आएका थिए । त्यसबेलाबाटै उनको परिवार व्यापारसंग जोडिएको थियो । त्यो बेला खनाल परिवारले गल्लादेखि काष्ठ व्यापार गरे । दिवाकरकैै पालाम खनाल रोजिन टर्पेनटाईन र लक्ष्मी फिल्म हल सन्चालन पनि सुरु भयो । ‘यो क्षेत्रमा पुरानो व्यवसायीक परिवार हो ।’– खनालले भने,–‘ब्यापारसंगको हाम्रो सम्बन्ध अझै अटुट छ ।’


दिवाकर खनालको व्यवसायीक सम्बन्ध निकै पुरानो छ । उनका जिजु हजुरबुवा सय वर्ष भन्दा पहिले गुल्मीबाट नेपालगन्ज आएका थिए । त्यसबेलाबाटै उनको परिवार व्यापारसंग जोडिएको थियो । त्यो बेला खनाल परिवारले गल्लादेखि काष्ठ व्यापार गरे । दिवाकरकैै पालाम खनाल रोजिन टर्पेनटाईन र लक्ष्मी फिल्म हल सन्चालन पनि सुरु भयो । ‘यो क्षेत्रमा पुरानो व्यवसायीक परिवार हो ।’– खनालले भने,–‘ब्यापारसंगको हाम्रो सम्बन्ध अझै अटुट छ ।’ दिवाकरलाई चिन्नेहरुले बिशुद्ध व्यवसायीका रुपमा मात्र चिन्दैनन् । राजनीतिज्ञदेखि समाजसेवीका रुपमा पनि उनलाई चिन्छन् । निडर, स्पष्टवक्ता अझ भन्दा हक्की स्वभावका दिवाकर २०५४ सालको निर्वाचनमा झिनो मतअन्तरले धवल शमसेर राणासंग मेयर पदमा पराजित भएका थिए । जतिबेला उनी शिव सेनाको समर्थनमा चुनाव लडेका थिए । खनाल नेपाली काँग्रेस हुँदै शिव सेनाको राजनीतिमा पनि जोडिए । शिव सेनासंग बिशुद्ध धार्मिक आस्थाका कारण जोडिएको र त्यसलाई राजनीतिकका रुपमा अथ्र्याउन नहुने उनको तर्क गर्छन खनाल ।


‘अन्त जतिसुकै सुःख भएपनि केही अर्थ नहुने रहेछ । जस्तो होस् स्वदेश नै राम्रो । जे गर्नुपर्ने हो यही गर्छु ।’– खनालले भने । उनी अब राजनीतिक गर्ने मनिस्थितीमा भने नभएको देखियो । समाजसेवा र उद्यमक्षेत्रमा लाग्ने तर राजनीतिमा नलाग्ने बिचार बनाएका छन्, खनालले  यद्यपी अहिलेपनि राजनीतिमा आउनुप¥यो उनको ढोका ढक्ढक्याउन आउनेको कमी भने छैन । उनी भन्छन्,–‘अब राजनीतिक गर्दिन   होला । ब्यापार व्यवसाय र समाजसेवा छदैछ ।’


उद्यम, राजनीति र समाजसेवामा सक्रिय र सबैका सामू परिचित दिवाकर माथि २०६१ सालमा बेलासपुर घर जाने क्रममा (जहाँ अहिले होटल छ) गोली प्रहार भयो । छातीमा छ र हातमा दुई गोली लाग्यो । आठवटा गोली लागेको भएपनि उनको ज्यान जोगियो । गोली प्रहारको घटनापछि बाँचेर नयाँ जीवन पाएका दिवाकर त्यसपछि परिवार सहित अमेरिका गएका थिए । चौध वर्ष अमेरिकामै बसे । त्यहाँ पनि उनले व्यवसाय नै गर्थे । छोराछोरीहरु त्यही नजमेका होइनन् । नपुग्दो केही थिएन उनलाई । तर देशको मायाले उनलाई संधै डो¥यो । एक वर्ष अघि उनी नेपालगन्ज फर्किए । व्यापार बिस्तारमा जुटेका छन्, यतिबेला ।

‘अन्त जतिसुकै सुःख भएपनि केही अर्थ नहुने रहेछ । जस्तो होस् स्वदेश नै राम्रो । जे गर्नुपर्ने हो यही गर्छु ।’– खनालले भने । उनी अब राजनीतिक गर्ने मनिस्थितीमा भने नभएको देखियो । समाजसेवा र उद्यमक्षेत्रमा लाग्ने तर राजनीतिमा नलाग्ने बिचार बनाएका छन्, खनालले । यद्यपी अहिलेपनि राजनीतिमा आउनुप¥यो उनको ढोका ढक्ढक्याउन आउनेको कमी भने छैन । उनी भन्छन्,–‘अब राजनीतिक गर्दिन होला । ब्यापार व्यवसाय र समाजसेवा छदैछ ।’ १४ वर्ष अमेरिकामा बसेर फर्किएका खनालले नेपालगन्ज परिवर्तन भएको पाएका छन् । होटल,रेष्टुरेण्टमा गएर जाने संस्कृतिको विकास भएको उनले पाए । भन्छन्,–‘नेपालगन्जमा केही न केही परिवर्तन त भएकै छ ।’

प्रकाशित मितिः शनिबार, माघ २६, २०७५     8:54:51 AM