‘प्रादेशिक महोत्सव नेपालगन्ज चिनाउने अवसर हो’

  • नन्दलाल बैश्य
    अध्यक्ष
    नेपालगन्ज उद्योग वाणिज्य संघ

नेपालगञ्ज उद्योग वाणिज्य संघको ५१ औँ वर्षको अवसरमा आज फाल्गुण १९ गते देखि २९ गतेसम्म “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” आयोजना गर्दछौ । शहरी विकास मन्त्री माननीय ईस्तियाक राई ज्यूले आज महोत्सवको उद्घाटन गर्दै हुनुहुन्छ ।

वि.सं. २०५७ साल देखि हाम्रा अग्रजहरुले आरम्भ गर्नुभएको महोत्सवको आफ्नै गरिमा र लोकप्रियता रहँदै आएको छ । यस महोत्सवलाई जिल्लावासीले मात्र होइन सम्पूर्ण प्रदेशवासी जनसमुदायले महान पर्वको रुपमा आत्मसात गर्दै आएका छन् । यो हाम्रो कार्यकालको द्धितिय महोत्सव हो, यसक्रममा हामी आज महोत्सवको आठाँै सस्ंकरणको संघारमा आईपुगेका छौ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको हो । यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

नेपालगञ्ज शहर यस ५ नं. प्रदेशका साथै ६ नम्बर प्रदेशको पनि ब्यापारीक द्वार हो । प्राकृतिक विविधताहरुका साथै भाषा–भाषि, जात–जाती, धर्म–संस्कृतीको संगमले सजिएको यस क्षेत्र आफैमा एउटा उदाहरणीय धरोहरको रुपमा अनन्तकाल देखि अघि बढिरहेको छ । महोत्सवका माध्यमबाट यहि विविधता र एकतालाई प्रतिबिम्वित गर्ने प्रयत्नका साथ यस प्रदेशको एकता र सद्भावलाई अझै प्रगाढ र बलियो बनाउने हाम्रो प्रयास रहने छ । माथि उल्लेखित पवित्र उद्देश्य प्राप्तीका लागी आयोजना गर्न लागिएको

प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके मा साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजना ९च्क्ष्क्ःँए० र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (मकाई जोन बाँके)ले सह–आयोजकको भुमिकामा यस संघसँग हातेमालो गर्दै सहकार्य गर्ने निर्णय गरेकोमा हामी अत्यन्त उत्साहित र हर्षित भएका छौ । यसै गरि नेपालगञ्ज उद्योग वाणिज्य संघमा आवद्ध सम्पूर्ण वस्तुगत संघ–संगठनहरु तथा अन्य सहयोगी संघ–संस्थाहरुले यस महोत्सवमा सहयोग र सहकार्यका लागी तत्परता र प्रतिवद्धता देखाउनु भएकोमा हामी हर्षित छौं । महोत्सवलाई भब्य रुपमा सु–सम्पन्न गर्नकालागि यस संघका अध्यक्ष तथा प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके को संयोजक श्री नन्दलाल वैश्य ज्यूको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक समिति तथा २५ वटा उप–समिति समेत गठन गरिएको सहर्ष जानकारी गराउन चाहन्छौं ।

बाँके जिल्ला एवं यस क्षेत्रकै प्रतिष्ठाको रुपमा रहँदै आएको यस महोत्सवलाई सम्पुर्ण उद्योगी, ब्यवसायीहरु, यस संघसँग आवद्ध रहेका बिभिन्न वस्तुगत संघ–संगठनहरु लगाएत बिभिन्न राजनैतिक दलहरु, स्थानिय प्रशासन, स्थानिय निकाय, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, वुद्धिजीवी, संचारकर्मी, सरकारी कार्यालयहरु, विभिन्न सामाजिक, धार्मिक, सांस्कृतिक संघ–संस्थाहरु एवं सम्पूर्ण जिल्लावासीहरुलाई महोत्सव भब्य तथा ऐतिहासीक रुपमा सफल बनाउन महत्पूर्ण भुमिका निर्वाहकालागी हार्दिक अनुरोध गर्दछौं ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १९, २०७५     8:12:57 AM