नयाँ वर्षको स्वागतमा भोली नेपालगन्जमा गुन्जिने छ ‘मन मगन’ र ‘ओ अमिरा…’

नेपालगन्ज,२९ चैत : न्यू इयर ईभ मनाउन चर्चित गायक दिपक बज्राचार्य भोली शनिबार नेपालगन्ज आउँदै छन् । होटल सिद्धार्थले आयोजना गर्न लागेको बिशेष सांगीतिक कार्यक्रममा गायक बज्राचार्य आउन लागेका हुन । हरेक पुस्तालाई नचाउने गीत गाएका बज्राचार्य २० वर्षपछि नेपालगन्जमा आयोजना हुने भब्य सांगीतिक कार्यक्रम सहभागि हुँदै छन् ।

२०७५ सालको बिदाई र नयाँ वर्ष २०७६ लाई स्वागत गर्न यहाँ आउँदै छन् । धेरै समयको अन्तरालपछि बज्राचार्य जस्ता चर्चित गायक आउने भएपछि नेपालगन्ज पनि दङ्ग छ । उनका गीतमा नाँच्न आतुर भएर बसेको छ । बज्राचार्य आफै पनि खुःसी छन् । नेपालगन्ज बिजनेशसंग टेलिफोन कुराकानी गर्दै उनले भने,–‘यसपालीको नयाँ वर्षमा नेपालगन्जलाई नचाउने हो आफु पनि नाच्ने हो ।’२० वर्ष अघि गायक बज्राचार्य नेपालगन्जमा भएको एउटा शिखर साँझमा आएका थिए । नेपालगन्ज बिजनेशसंग टेलिफोनमा कुराकानी गर्दै गायक बज्राचार्यले भने,–‘मदन दाई र हरिबंश दाईसंगै नेपालगन्ज गएको थियो । धेरे वर्षपछि फेरी आउन लाग्दा म पनि खुःसी छु ।’

‘न्यू एयर इभ’ को तयारीमा जुटे नेपालगन्जका होटलहरु

प्रकाशित मितिः शुक्रबार, चैत्र २९, २०७५     10:50:53 AM