२०७५ मा बाँकेको होटल व्यवसाय : सन्तोषजनक भएन, २०७६ बाट धेरै अपेक्षा

  • भिमलाल कंडेल
    अध्यक्ष
    होटल व्यवसायी संघ, बाँके

२०७५ लाई बिदाई गरेर नयाँ वर्ष २०७६ लाई स्वागत गर्दैछौं । यस अवसरमा सम्पूर्ण होटल व्यवसायी, सेवाग्राही र दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षलाई स्वागत गर्दै गर्दा बिदाई गर्न लागेको वर्षको समिक्षा पनि गर्न जरुरी छ । यसको सही समिक्षा गर्न सक्यौ भने मात्र आउने वर्षमा राम्रा गर्न सकिन्छ छ ।

२०७५ बाँकेको होटल व्यवसायाका लागि निरासाजनक भयो भन्दा फरक पर्दैन । उत्साहजनक लगानी थपिदै जाँदा व्यवसाय भने ओरालो लाग्ने अवस्थामा पुग्यो । यसका धेरै कारण होलान् त मुख्य कारण राजनीतिक र प्रशासनिकरुपले नेपालगन्जलाई पछि पार्नु नै थियो । साविकको मध्यपश्चिमको केन्द्र रहंदा नेपालगन्जका होटल व्यवसाय भरिभराउ हुन्थे । दैनिक सरकारी, गैरसरकारी निकायका कार्यक्रम हुन्थे । तर अहिले अवस्था ठिक उल्टो छ । प्रदेशको अस्थायी राजधानी अन्तै तोकेपछि यहाँका महत्वपूर्ण सरकारी र गैरसकारी कार्यालय सरे । त्यसपछि कार्यक्रमहरु पनि पातलो हुँदै गयो । त्यसको मारमा यहाँका होटल व्यवसायी परे ।

२०७५ साल हाम्रा लागी निरासाजनक भएपनि नयाँ वर्ष २०७६ साल हाम्रा लागि उत्साहप्रद हुने छ भन्ने अपेक्षा गरेका छौं । त्यसका लागि स्वयं व्यवसायी र नेपालगन्जबासीहरुले यहाँको विकासका लागि जुर्रमुराउनुको बिकल्प छैन । मानसरोवरको रुटलाई स्थायी गर्ने, नेपालगन्ज दिल्ली उडान गर्ने जस्ता योजनालाई मुर्तरुपमा लैजान सक्नुपर्छ । त्यसका साथै होटल व्यवसायीहरुले प्याकेजका कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५     10:05:28 AM