स्वास्थ्यकर्मीले मन्त्री पण्डितलाई भने,–‘जबरजस्ती समायोजन गरे आन्दोलन हुन्छ’

नेपालगन्ज, १२ बैशाख : बाँकेका स्वास्थ्यकर्मीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटेर समायोजनमा भएका त्रुटी सच्याउन माग गरेका छन् । हुम्लामा आयोजित एक कार्यक्रममा भाग लिएर नेपालगन्ज आएको मौका पारेर सामान्य प्रशासन मन्त्री पण्डित समक्ष यहाँका स्वास्थ्यकर्मीहरुले समायोजनका क्रममा परेको मर्का सुनाए ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकमी संघ जस्ता आधा दर्जन स्वास्थ्यकर्मी आवद्ध संघ संस्थाहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै समस्या समाधानको लागि पहल गर्न माग गरे ।
हेर्नुहोस् ज्ञापनपत्र

त्यस्तै हेल्थ असिस्टेन्ट संघ बाँकेकाले पनि समायोजनका क्रममा स्वास्थ्यकर्मीलाई सबैभन्दा धेरै मर्का पारिएको भन्दै सच्याउन माग गरेका छन् ।
हेर्नुहोस् ज्ञापनपत्र

सबैका गुनासा सुनेपछि मन्त्री पण्डितले बिधि र प्रक्रियाका आधारमा समस्या समाधान हुने बताए । स्वास्थ्यकर्मीहरुले समायोजनमा परेको मर्का सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख १२, २०७६     4:08:57 PM