अखिल क्रान्तिकारीका पूर्व अध्यक्षले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरे

कोहलपुर १५ बैशाख : अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष नरेन्द्र न्यौपानेले आईतबार कोहलपुर नगरपालिका १ स्थित कृष्ण मावि स्कुलमा भर्ना गरिदिएका छन् । जिल्लाका प्रख्यात गोरखा युनाइटेड स्कुलमा अध्ययनरत छोरी अनिशा न्यौपाने र छोरा रविन्द्र न्यौपानलेलाई क्रमश कक्षा ७ र कक्षा ५ मा भर्ना गरिएको हो ।
देशभर बिद्यार्थी भर्ना अभियान सन्चालन भइरहेका बेला न्यौपानेले आफ्ना बालबालिकालाई सामुदायिक बिद्यालयमा भर्ना गरेर अरुका सामु उदाहरण बनेका छन् । सामुदायिक बिद्यालयमा पढाईको आर्कषण बढाउनमा आफैबाट अभियान सुरु गरिएको न्यौपानेको कथन छ । ‘समाज परिवर्तनको अगुवाई गरिरहेकाहरु बाटै यस्तो अभियान सुरु नगरी नहुने रहेछ । त्यही महसुस गरेर मैले आफ्ना बालबालिकालाई सरकारी बिद्यालयमा भर्ना गरेको हु’— न्यौपानेले भने ।


उनले बिद्यालयका शिक्षक, सामाजिक अगुवाहरुले पनि आफ्नो काममा साथ दिने बिश्वास लिएका छन् । बिद्यालयका प्रअम बिरेन्द्र मल्लले आफ्नो बिद्यालय पढाईमा कुनै पनि बिद्यालय भन्दा कम नरहेको बताउदै बालबालिकाको भविष्य सुधार हुनेमा ढुक्करहन आग्रह गरे । कृष्ण मावि जिल्लाको एसईई परिक्षामा उत्कृष्ट भइसकेको बिद्यालय हो । यहा अंग्रेजी माध्यममा समेत पढाई हुन्छ । न्यौपाने नेकपा बाकेका अगुवा नेता हुन । उनी स्थानीय बागेश्वरी कयाम्पसका अध्यक्ष समेत छन् ।

प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६     11:37:14 AM